१० श्रावण २०८३, आइतबार । July 26, 2026

गल्याङ नगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै


१८ असार २०८०, सोमबार  

6
Shares

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–३ बल्पुकस्थित गल्याङ नगर अस्पतालमा पछिल्लो समय सेवाग्राहीको चाप बढ्दै जान थालेको छ ।

व्यवस्थापनमा सुधार, नगरपालिकाको नियमित अनुगमन, नयाँ सेवा विस्तार, स्वास्थ्यकर्मीको उत्कृष्ट सेवा, स्थानीय नागरिकको विशेष निगरानी हुन थालेपछि १५ शय्याको नगर अस्पतालमा बिरामीको चाप बढ्दै जान थालेको हो । अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आवमा झण्डै दोब्बरले बिरामीको सङ्ख्या बढेको अस्पतालका प्रमुख गुनेन्द्र रानाले जानकारी दिए ।

“अघिल्लो आवमा १३ हजार बिरामीले सेवा लिएका थिए”, उनले भने, “चालु आवमा व्यवस्थापन पक्षमा सुधार भएकाले र सेवा विस्तार भएकाले अस्पतालमा आउने सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको छ ।” चालु आवमा बीमातर्फका २१ हजार बिरामीले सेवा लिएका छन् । हाल अस्पतालमा २४ सैँ घण्टा आकस्मिक सेवा, पेट, छाती, मुटु, ग्याष्ट्रिक, यौन, छाला, नशा, हाडजोर्नी, बाथरोग, नाक, कान, घाँटी, स्त्री रोग, बाल रोग, नेबुलाइजर, सामान्य चिरफार, दन्तरोग, ल्याब, एक्सरे, भिडियो एक्सरे, अक्सिजन, फार्मेसी सेवा, रिफर, बीमा, एम्बुलेन्सलगायतका सेवा उपलब्ध छन् ।

यहाँ सेवा लिनका लागि गल्याङ, वालिङ, चापकोट, कालीगण्डकी, पाल्पाको रम्भा, वगनासकाली, गुल्मीको कालीगण्डकी, पर्वतको बिहादीलगायतका स्थानीयतहबाट बिरामी उपचारका लागि आउने गरेका छन् । गल्याङ नगरपालिकाको उपचारको प्रमुख गन्तव्य यो अस्पताल २०७६ सालमा स्थापना भएको थियो । लामो समय घाटामा सञ्चालित नगर अस्पताल गल्याङ नगरपालिकाको आर्थिक अनुदानमा प्रसासनिक खर्च धनिँदै आएको थियो ।

गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले प्रशासनिक खर्चका लागि अघिल्लो वर्ष नगरपालिकाले अस्पताललार्ई रु ७२ लाख सहयोग गरेको बताए । “भौतिक संरचना निर्माणका लागि बाहेक यस बर्ष कुनै प्रकारको आर्थिक सहयोग गर्न परेको छैन”, उनले भने, “व्यवस्थापकीय पक्षमा सुधार गरेपछि अस्पतालमा आर्थिक अनुसासन बढेको छ, अस्पतालको खातामा रकम पनि जम्मा हुन थालेको छ ।”

नगर प्रमुख भट्टराईले निकट भविष्यमा अस्पतालमा प्रसूति सेवा, आँखा जाँच तथा उपचार सेवा विस्तार गरिने बताए । “अस्पतालले दिएको सुविधा विश्वासनीय र गुणस्तरीय छ भन्ने धेरैले महसुस गरेका छन्”, उनले थपे, “यहाँका नागरिकलाई स्तरीय सुविधा दिने नगरपालिकाको दायित्व भएकाले अस्पतालको क्षमता वृद्धि गर्ने योजनामा छौँ ।” भट्टराईले नगर अस्पतालमा विशेषज्ञ डाक्टर ल्याउनको लागि पहलसमेत भइरहेको बताए ।

नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा आधुनिक र विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्ने योजना रहेको उनको भनाइ छ । गल्याङ नगर अस्पतालकी लाभग्राही प्रतिमा भट्टराई बस्यालले अस्पतालले गुणस्तीय सुविधा दिन थालेपछि उपचारका लागि पाल्पा पोखरा जानुपर्ने बाध्यता हटेको बताए । अर्का लाभग्राही कमल भण्डारीले अस्पतालको व्यवस्थापकीय पक्ष अझै अपुग भएको बताए । बिरामी जाँच्ने कोठा पटकपटक स्थान्तरण गरिएको भन्दै एकै ठाउँमा राख्न सुझाव दिए ।

बिरामी कुर्ने ठाउँमा नगर अस्पतालले पङ्खाको व्यवस्था गरिदिन पनि उनको आग्रह छ । हाल अस्पतालमा दुई जनरल फिजिसियन, तीन इमर्जेन्सी हेल्थ अस्टिेन, तीन ल्याब टेक्निसियन, एक एक्सरे रेडियोग्राफरसहित ३० कर्मचारी कार्यरत छन् ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ७ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर