४ चैत्र २०८१, मंगलबार । March 18, 2025

कोशीमा नयाँ सरकार गठनका लागि ४ दिनको समय, कस्तो बन्ला समिकरण ?



मोरङ। कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि ४ दिनको समय दिएर प्रमुख पर्शुराम खापुङले सरकार गठनको आव्हान गरेका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्र्तगत दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आव्हान प्रदेश प्रमुख खापुङले गरेका हुन् । कोशीमा नयाँ सरकार गठनका लागि असार २१ गते अपराह्न ५ बजेसम्मको समय तोकिएको छ । कोशीमा मुख्यमन्त्री हिक्मत कुमार कार्की नेतृत्वको सरकारले गत शुक्रबार प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि ढलेको थियो ।

त्यसपछि कानुनी परामर्शमा रहेका प्रदेश प्रमुख खापुङले सरकार गठनको आव्हान गरेका हुन् । यसअघि एमालेले संविधानको धारा १६८ को उपधारा (२) को प्रयोग भइसकेको भन्दै सोही धाराको उपधारा (३) अनुसार ठुलो दलको नेतृत्वमा सरकार गठनको आव्हान हुनुपर्ने दाबी गर्दै आएपनि प्रदेश प्रमुखले भने संविधानको धारा १६८ को उपधारा २ अनुसार नै सरकार गठनको आह्वान गरेका छन् ।

प्रदेश प्रमुखबाट सरकार गठनको आव्हान भएसँगै एमाले, काँग्रेस, माओवादीलगायतका दलहरू आफ्नै दलको नेतृत्वमा सरकार बनाउन दौडधुपमा लागेका छन् ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ६ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अछामको बाटुलासेन केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं । अछाम केन्द्रविन्दु भएर आज भूकम्प गएको छ ।

मध्यराती आरआर क्याम्पसमा अनेरास्ववियुको तालाबन्दी, निर्वाचन अन्योलमा

काठमाडौं । स्ववियु निर्वाचनको दिन सत्तारुढ एमाले निटक विद्यार्थी संगठन

स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र

आजको मौसमः स्थानीय वायुको प्रभाव कायमै, बर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत

नेपाल प्रहरीको ३१ औं महानिरीक्षकमा दीपक थापा नियुक्त

काठमाडौं । नेपाल प्रहरीको ३१ औँ महानिरीक्षकमा दीपक थापा नियुक्त