४ असार २०८३, बिहिबार । June 19, 2026

कोशीमा नयाँ सरकार गठनका लागि ४ दिनको समय, कस्तो बन्ला समिकरण ?


१८ असार २०८०, सोमबार  

6
Shares

मोरङ। कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि ४ दिनको समय दिएर प्रमुख पर्शुराम खापुङले सरकार गठनको आव्हान गरेका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्र्तगत दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आव्हान प्रदेश प्रमुख खापुङले गरेका हुन् । कोशीमा नयाँ सरकार गठनका लागि असार २१ गते अपराह्न ५ बजेसम्मको समय तोकिएको छ । कोशीमा मुख्यमन्त्री हिक्मत कुमार कार्की नेतृत्वको सरकारले गत शुक्रबार प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि ढलेको थियो ।

त्यसपछि कानुनी परामर्शमा रहेका प्रदेश प्रमुख खापुङले सरकार गठनको आव्हान गरेका हुन् । यसअघि एमालेले संविधानको धारा १६८ को उपधारा (२) को प्रयोग भइसकेको भन्दै सोही धाराको उपधारा (३) अनुसार ठुलो दलको नेतृत्वमा सरकार गठनको आव्हान हुनुपर्ने दाबी गर्दै आएपनि प्रदेश प्रमुखले भने संविधानको धारा १६८ को उपधारा २ अनुसार नै सरकार गठनको आह्वान गरेका छन् ।

प्रदेश प्रमुखबाट सरकार गठनको आव्हान भएसँगै एमाले, काँग्रेस, माओवादीलगायतका दलहरू आफ्नै दलको नेतृत्वमा सरकार बनाउन दौडधुपमा लागेका छन् ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ६ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा