२२ माघ २०८२, बुधबार । February 4, 2026

गायक तथा सर्जक हेमन्त कन्छा रसाइलीको ‘चिमखोले डोको’ सार्वजनिक



काठमाडौं । गायक तथा सारङ्गी बादक हेमन्त कान्छा रसाइलीको स्वरमा रहेको मौलिक सालैजो गीत ‘चिमखोले डोको‘’ सार्वजनिक गरिएको छ ।

गीत हेमन्त कान्छा रसाइली नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । टिपिकल सालैजोमा आधारित गीतमा हेमन्तलाई अमृता नेपालीले समेत स्वरमा साथ दिएकी छन् । यो गीतमा राजकुमार बगरको शब्द रहेको छ भने हेमन्त कान्छाकै संगीत छ ।

मौलिक शब्द रहेको गीतले माया प्रेमलाई र जीवन परिवेशलाई समेटेको छ । गीतको म्युजिक भिडियोले गीतलाई अझै मौलिकतामा परिचित गराएको छ । गीतको म्युजिक भिडियोलाई पनि हेमन्त कान्छाले नै निर्देशन गरेका हुन् भने सरिस्मा मगर, विजय पुन, हेमन्त कान्छा रसाइली र अस्मिता रन्पालको अभिनय देख्न सकिन्छ ।

मौलिक गीतले श्रोता दर्शकको माया पाउने अपेक्षा गरिएको छ । गीतमा प्रयोग भएको शब्द ‘चिमखोले डोको’ म्याग्दीको रघुगंगा चिमखोलाको प्रख्यात डोको हो ।

त्यहाँको डोको सहरी क्षेत्र हुँदै प्रवाससम्म उपहारको रूपमा समेत लैजाने चलन रहेको छ ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ९ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल