२१ मंसिर २०८२, शनिबार । December 6, 2025

खड्का दोषी ठहर, १ बर्ष ३ महिना कैद सजाय



काठमाडौं । विशेष अदालतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद तथा जरिवाना सजाय सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, शालिकग्राम कोइराला र खुशीप्रसाद थारुको इजलासले आज एक वर्ष तीन महिना कैद र रु नौ करोड १९ लाख छ हजार छ सय बराबर बिगो र सोही बराबर जरिवाना हुने फैसला सुनाएको हो । विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार कैद र जरिवानाका साथै खड्काको नाममा रहेको घर जग्गा, बैंक मौज्दात, सेयर र अन्य सम्पत्ति जफत हुने अदालतले फैसला गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काले रु १८ करोड ६६ लाख बराबर अकुत सम्पत्ति आर्जन गरेको दाबीसहित २०७५ पुस २३ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । खड्काकी श्रीमती शर्मिला खड्का र अमिता लामाका नाममा अकुतरूपमा आर्जन गरेको सम्पत्ति लुकाएकोले सबै जफत हुनुपर्ने अख्तियारले मुद्दामा दाबी गरेको थियो ।

निगमको कार्यकारी निर्देशक हुँदा जग्गा खरिददेखि अन्य प्रकरणमा खड्का मुछिएका थिए । निगमको जग्गा खरिदसम्बन्धी विवाद अहिले पनि अख्तियारमा तामेलीमा छ ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ८ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको