२१ फाल्गुन २०८१, बुधबार । March 5, 2025

यस्तो रहनेछ बिहिबारको मौसम



काठमाडौं । मुलुकमा हाल मनसुनी वायुको प्रभाव रहेकाले केही स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली, गण्डकी, बागमती र कोशीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका तराईका केही स्थानमा हावा हुरीको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ । आज राति पनि देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ ।

लुम्बिनी, गण्डकी, मधेश र कोशी प्रदेशका केही स्थानमा तथा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हावाहुरीसहित वर्षाका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्र प्रभावित हुन सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  ८ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अफगानिस्तानसँग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्दै नेपाल

काठमाडौं । मुलपानी मैदानमा नेपाली यु-१९ क्रिकेट टोलिीले अफगानिस्तानको युवा

च्याम्पियन्स ट्रफीः दोस्रो सेमिफाइनल खेल आज, न्यूजील्याण्ड र दक्षिण अफ्रीका भिड्दै

काठमाडौं । जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज दोस्रो सेमिफाइनलको

च्याम्पियन्स ट्रफीः अष्ट्रेलियालाई हराउँदै भारत फाइनलमा

काठमाडौं । जारी आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा अष्ट्रेलियालाई हराउँदै भारत

प्रतिनिधिसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ पेस गरिने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर