२१ मंसिर २०८२, शनिबार । December 6, 2025

मंगलबार नेप्से परिसूचक उच्च अङ्कले बृद्धि



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलब ९४ अङ्कले उकालो लागेर दुई हजार एक सय ८६ दशमलब ३६ पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३ दशमलब ४० अङ्कले उकालो लागेर चार सय १२ दशमलब ५१ मा पुगेको छ ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्य ओरालो लाग्दा १० उपसमूहको शेयर मूल्य बृद्धि भएको हो । कूल एक करोड ३१ लाख सात हजार ८० कित्ता शेयर रु पाँच अर्ब ४७ करोड ६२ लाख ८७ हजार सात सय ४० मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा स्वावलम्बन लघुवित्त शीर्ष स्थानमा छ ।

सो कम्पनीको रु २५ करोड १२ लाख ३३ हजार छ सय ९४ बराबरको कारोबार भएको छ । यस्तै शिवम् सिमेन्टको रु २२ करोड ६३ लाख ४५ हजार दुई सय १८, सोल्टी होटलको रु २२ करोड ४२ लाख २९ हजार छ सय ३८,आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको रु १३ करोड १४ लाख २० हजार दुई सय ८७ र हिमालयन डिस्टिलरीको रु १२ करोड ४८ लाख ९७ हजार छ सय ६८ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार निर्धन उत्थान लघुवित्त, डिप्रोक्स लघुवित्त, हिमालयन लाइफ इन्स्योरेन्स, नेरुडे लघुवित्त, गरिमा विकास लघुवित्तलगायत कूल २८ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै सिक्लेस हाइड्रोपावर तीन दशमलब ८८, गरिमा बैंकको ऋणपत्र तीन दशमलब शुन्य आठ, राष्ट्रिय बीमा कम्पनी दुई दशमलब ४९,सेञ्चुरी बैंकको ऋणपत्र एक दशमलब ९१ र बलेफी हाइड्रोेपावरका लगानीकर्ताले एक दशमलब ६९ प्रतिशतले कमाएका छन् ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ७ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको