३ चैत्र २०८१, सोमबार । March 18, 2025

योग जीवनशैलीको निश्चित विधि र प्रक्रिया होः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल योग भूमि र योग धरोहर भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालका तीन सभ्यताहरू शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता योगको जगमा विकसित भएको बताए । नेपालका सांस्कृतिक इतिहासअनुसार यहाँका पुराना भवन र शहर निर्माणमा पनि योगको ज्ञान, विज्ञान र वास्तु इन्जिनियरिङको प्रयोग गरिएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएको बताए ।

तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ शरीर, आघातमुक्त चित्त विकासमा योगको महत्त्वपूर्ण भूमिका रहने उनको भनाई छ । हरेक वर्ष जुन २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ८ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल प्रहरीको ३१ औं महानिरीक्षकमा दीपक थापा नियुक्त

काठमाडौं । नेपाल प्रहरीको ३१ औँ महानिरीक्षकमा दीपक थापा नियुक्त

लुम्विनी विशिष्टिकृत सहकारीसँगको साझेदारीमा इन्द्रेणी सहकारीको गुणस्तरीय दुध विक्रि केन्द्रको शुभारम्भ

बुटवल । इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो बहुउद्देश्य कार्यक्रम

एसईईका विद्यार्थी, अभिभावक र विद्यालयका लागि प्रिन्सिपल डीके ढुङ्गानाका सुझाव

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ को माध्यामिक शिक्षा परीक्षा

आज सुनको मूल्य स्थिर, चाँदीको भाउ घट्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ

इन्द्रसरोवरमा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना, ४ जना घाइते

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्छामा भारतीय नम्बर प्लेटको फोर्स