३ चैत्र २०८१, सोमबार । March 17, 2025

कांग्रेस र ट्रेड युनियन कांग्रेसबीच भएका सम्झौता कार्यान्वयन गर्ने महामन्त्रीको प्रतिबद्धता



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी र ट्रेड युनियन कांग्रेसबीच भएको सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उनले् पार्टी र ट्रेड युनियनबीच विगतमा भएको सम्झौता कार्यान्वयन गर्न पार्टी नेतृत्व तयार रहेको बताए । महामन्त्री थापाले कांग्रेस मजदुरलाई सँगसँगै लिएर अगाडि बढ्न चाहेको बताए । श्रमिक अस्पताल निर्माणका लागि नेपाल ट्रेड युनियन कांग्रेस सङ्घर्ष गर्न पछि हट्न नहुने उनको भनाइ छ ।

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले लिएको सामाजिक न्यायसहित उदार अर्थव्यवस्थाका कारण नेपाली श्रम बजार बढेको बताए । उनले कांग्रेसले लिएको नीतिका कारण नै नेपालको श्रम क्षेत्र अहिलेको अवस्थामा पुगेको स्पष्ट पारे । ट्रेड युनियन ऐन, मौजुदा श्रम ऐन, सामाजिक सुरक्षा कोष लगायतलाई अगाडि बढाउन कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।

उनले श्रमिकको मुद्दा आगामी नीति अधिवेशनमा उठाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । महामन्त्री शर्माले श्रमिकको मुद्दा समाधान गर्न कांग्रेस नेतृत्व सधैँ तयार रहेको स्पष्ट पारे ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ८ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल प्रहरीको ३१ औं महानिरीक्षकमा दीपक थापा नियुक्त

काठमाडौं । नेपाल प्रहरीको ३१ औँ महानिरीक्षकमा दीपक थापा नियुक्त

लुम्विनी विशिष्टिकृत सहकारीसँगको साझेदारीमा इन्द्रेणी सहकारीको गुणस्तरीय दुध विक्रि केन्द्रको शुभारम्भ

बुटवल । इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो बहुउद्देश्य कार्यक्रम

एसईईका विद्यार्थी, अभिभावक र विद्यालयका लागि प्रिन्सिपल डीके ढुङ्गानाका सुझाव

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ को माध्यामिक शिक्षा परीक्षा

आज सुनको मूल्य स्थिर, चाँदीको भाउ घट्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ

इन्द्रसरोवरमा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना, ४ जना घाइते

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्छामा भारतीय नम्बर प्लेटको फोर्स