७ आश्विन २०८३, बुधबार । September 23, 2026

स्वास्थ्य क्षत्रमा सुधार ल्याउनुपर्नेमा सांसदहरुको जोड


३ असार २०८०, आइतबार  

6
Shares

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजन केसीले नेपालको स्वास्थ्य क्षेत्र सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।

विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफलअन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको शीर्षकमाथिको छलफलका क्रममा उनले सो कुरामा जोड दिएका हुन् । सांसद मेनकाकुमारी पोखरेलले बजेटले समग्र देशलाई समेट्नुपर्ने भए पनि राजनीतिक दलको शक्तिको आधारमा बजेट ल्याइएको भन्दै बताइन ।

सङ्घीय मन्त्रालय सबै कर्मचारीको मन्त्रालय भए पनि सही तथ्याङ्क दिन नसकेको उनको गुनासो थियो । सांसद छिरिङ डम्डोल लामा भोटेले मेडिकल माफियालाई पत्ता लगाएर कारबाही गर्नुपर्ने माग गरे । सांसद देवप्रसाद तिमिल्सिनाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई निःशुल्क गर्नुपर्ने माग राखे ।

आम सर्वसाधारण जनताको स्वास्थ्यमा सहज पहुँच हुनुपर्ने उनको भनाइ थियो । सांसद दामोदर पौडेल वैरागीले भोलि नै नागरिकता विधेयक संसद्मा ल्याएर पास गरेर जनतालाई सहज बनाउन आग्रह गरे । सङ्घीय निजामती ऐन जतिसक्दो चाँडो ल्याएर कार्यान्वयन गर्नुपर्ने उनको भनाई छ ।

सांसद सञ्जयकुमार गौतमले चालु खर्च बढेको, विकास खर्चहरु कम भएको भन्दै यो राष्ट्रिय समस्या भएको बताए । सांसद हेमराज राईले सरकार सङ्घीयता कार्यान्वयन गर्ने दिशामा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे । सांसद लीलादेवी बोखेम लिम्बूले पूर्वका विभिन्न जिल्लामा गए राति भएको अविरल वर्षाका कारण भएको मानवीय र भौतिक क्षतिबारे सरकारले गम्भीरता देखाउनुपनेैमा जोड दिइन ।

सांसद नारायणप्रसाद आचार्यले स्वास्थ्य बीमालाई अझै व्यवस्थित गर्नुपर्ने माग राखे । सांसद रामशङ्कर यादवले दलका नेताहरूले आ–आफ्नो पहुँचका आधारमा आफ्नो जिल्लामा बजेट छुट्याउने गरेको आरोप लगाए । सांसद सम्झना थपलियाले बालविवाह रोक्नका लागि सरकारले तराईका जिल्लामा प्रभावकारी अभियान सञ्चालन गर्नुपर्ने धारण राखिन ।

सांसद प्रेमबहादुर महर्जनले मानसिक स्वास्थ्यका क्षत्रमा बजेटको व्यवस्था नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराए । प्रतिनिधिसभाको अर्को वैठक सोमबार ११ बजे बस्नेछ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ७ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा