३ चैत्र २०८१, सोमबार । March 17, 2025

स्वास्थ्य क्षत्रमा सुधार ल्याउनुपर्नेमा सांसदहरुको जोड



काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजन केसीले नेपालको स्वास्थ्य क्षेत्र सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।

विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफलअन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको शीर्षकमाथिको छलफलका क्रममा उनले सो कुरामा जोड दिएका हुन् । सांसद मेनकाकुमारी पोखरेलले बजेटले समग्र देशलाई समेट्नुपर्ने भए पनि राजनीतिक दलको शक्तिको आधारमा बजेट ल्याइएको भन्दै बताइन ।

सङ्घीय मन्त्रालय सबै कर्मचारीको मन्त्रालय भए पनि सही तथ्याङ्क दिन नसकेको उनको गुनासो थियो । सांसद छिरिङ डम्डोल लामा भोटेले मेडिकल माफियालाई पत्ता लगाएर कारबाही गर्नुपर्ने माग गरे । सांसद देवप्रसाद तिमिल्सिनाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई निःशुल्क गर्नुपर्ने माग राखे ।

आम सर्वसाधारण जनताको स्वास्थ्यमा सहज पहुँच हुनुपर्ने उनको भनाइ थियो । सांसद दामोदर पौडेल वैरागीले भोलि नै नागरिकता विधेयक संसद्मा ल्याएर पास गरेर जनतालाई सहज बनाउन आग्रह गरे । सङ्घीय निजामती ऐन जतिसक्दो चाँडो ल्याएर कार्यान्वयन गर्नुपर्ने उनको भनाई छ ।

सांसद सञ्जयकुमार गौतमले चालु खर्च बढेको, विकास खर्चहरु कम भएको भन्दै यो राष्ट्रिय समस्या भएको बताए । सांसद हेमराज राईले सरकार सङ्घीयता कार्यान्वयन गर्ने दिशामा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे । सांसद लीलादेवी बोखेम लिम्बूले पूर्वका विभिन्न जिल्लामा गए राति भएको अविरल वर्षाका कारण भएको मानवीय र भौतिक क्षतिबारे सरकारले गम्भीरता देखाउनुपनेैमा जोड दिइन ।

सांसद नारायणप्रसाद आचार्यले स्वास्थ्य बीमालाई अझै व्यवस्थित गर्नुपर्ने माग राखे । सांसद रामशङ्कर यादवले दलका नेताहरूले आ–आफ्नो पहुँचका आधारमा आफ्नो जिल्लामा बजेट छुट्याउने गरेको आरोप लगाए । सांसद सम्झना थपलियाले बालविवाह रोक्नका लागि सरकारले तराईका जिल्लामा प्रभावकारी अभियान सञ्चालन गर्नुपर्ने धारण राखिन ।

सांसद प्रेमबहादुर महर्जनले मानसिक स्वास्थ्यका क्षत्रमा बजेटको व्यवस्था नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराए । प्रतिनिधिसभाको अर्को वैठक सोमबार ११ बजे बस्नेछ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ७ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्विनी विशिष्टिकृत सहकारीसँगको साझेदारीमा इन्द्रेणी सहकारीको गुणस्तरीय दुध विक्रि केन्द्रको शुभारम्भ

बुटवल । इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो बहुउद्देश्य कार्यक्रम

एसईईका विद्यार्थी, अभिभावक र विद्यालयका लागि प्रिन्सिपल डीके ढुङ्गानाका सुझाव

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ को माध्यामिक शिक्षा परीक्षा

आज सुनको मूल्य स्थिर, चाँदीको भाउ घट्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ

इन्द्रसरोवरमा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना, ४ जना घाइते

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्छामा भारतीय नम्बर प्लेटको फोर्स

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको