४ असार २०८३, बिहिबार । June 19, 2026

बागमती सरकारले ल्यायो ६२ अर्ब ७० करोडको बजेट


१ असार २०८०, शुक्रबार  

6
Shares

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु ६२ अर्ब ७० करोड ९० लाख ७८ हजारको बजेट विनियोजन गरेको छ ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले आगामी आवका लागि बजेट प्रस्तुत गरेका थिए । प्रदेश सरकारले आगामी आवका लागि चालुतर्फ रु २६ अर्ब ७० करोड २७ लाख ६९ हजार, पुँजीगततर्फ रु ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार र वित्तीय व्यवस्थातर्फ रु ५० करोड बिनियोजन गरेको छ ।

साथै खर्च बेहोर्ने स्रोतमध्ये कर राजस्वतर्फ रु २५ अर्ब १७ करोड २६ लाख र अनय राजस्वबाट रु पाँच अर्ब २६ करोड ९४ लाख, सङ्घीय वित्तीय हस्तान्तरणबाट रु १७ अर्ब ८१ करोड २३ लाख, चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट रु १४ अर्बै ४५ करोड ४७ लाख बेहोर्ने अनुमान गरिएको मन्त्री लामाले जानकारी दिए ।

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रदेशको कुल गार्हस्थ्य उत्पादन रु १९ खर्ब ८१ अर्ब ३३ करोड रहने र आर्थिक वृद्धिदर एक दशमलव आठ प्रतिशत हुने अनुमान गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई रु तीन अर्ब ३८ करोड छुट्याएको छ भने पर्यटन उद्योग तथा सहकारी मन्त्रालयका लागि रु दुई अर्ब १६ करोड बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले वन तथा वातावरण मन्त्रालयका लागि रु तीन अर्ब ३ करोड, श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई रु ७७ करोड ६ लाख, स्वास्थ्य मन्त्रलायलाई रु चार अर्ब ७ करोड रकम विनियोजन गरिएको मन्त्री लामाले बताए । सामाजिक विकास मन्त्रालयलाई रु चार अर्ब, भौतिक पूर्वाधार विकास मन्त्रालयलाई रु २१ अर्ब ६६ करोड, खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालयलाई रु सात अर्ब ४७ करोड, आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई रु ६१ करोड ७८ लाख, आर्थिक गरेको छ ।

प्रदेश सरकारले आगामी आवमा स्थानीय तह र निजी क्षेत्रसँगको साझेदारीमा एक प्रदेश निर्वाचन क्षेत्र एक प्रांगारिक मल कारखाना स्थापनाका लागि रु पाँच बिनियोजन गरेको छ । पशु स्वास्थ्य तथा क्लिनिकल सेवालाई सहज बनाउने स्थानीय तहसँको समन्वयमा एक वडा एक पशु स्वास्थ्य क्लिनिक कार्यक्रमलाई बिस्तार गर्दै लैजाने उल्लेख गरेको छ । साथै माटोको गुणस्तर सुधारमार्फत कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न कृषकहरुलाई प्राङ्गारिक मल र गड्यौला मलको प्रयोगमा उत्प्रेरित गर्न प्रतिकेजी रु १० का दरले सहुलियत प्रदान गर्ने समेत योजना ल्याएको छ ।

सरकारले सन् २०२४ लाई बागमति प्रदेश भ्रमण वर्षका रुपमा मनाउने घोषणा समेत गरेको छ । सरकारले बागमति प्रदेशभित्रका शहरी क्षेत्र भएर बग्ने विभिन्न खोलाहरु अत्यन्त प्रदूषित बन्दै गएकाले ‘स्वच्छ पानी खोलामा फोहोर आफ्नै झोलामा’ भन्ने नाराका साथ काठमाडौँ उपत्यका लगायत प्रदेशभित्रका अन्य प्रदूषित खोलाहरुमा नमूनाको रुपमा व्यापक सरसफाइ कार्यक्रम अभियान सञ्चालन गर्नका लागि बजेट बिनियोजन गरेको छ ।

साथै प्रदेश सरकारले सवारी साधनको गुणस्तरीय मर्मत सम्भारका लागि निजी क्षेत्रसँगको साझेदारीमा प्रदेश राजधानी हेटौँडा र काठमाडौँ उपत्यकामा नमूना स्पेसल टुल्स बैंक स्थापना गर्ने नीति लिने बजेटमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ७ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा