३ चैत्र २०८१, सोमबार । March 17, 2025

नवनियुक्त प्रधानन्यायाधिश कार्कीले लिए शपथ



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपति भवनमा आज आयोजित समारोहमा उनले सपथ लिएका हुन् । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, संवैधानिक निकायमा प्रमुख, सुरक्षा निकायका प्रमुख र विशिष्ट पदाधिकारीको उपस्थिति रहेको थियो । संवैधानिक परिषद्ले उनलाई गत वैशाख २५ गते नेपालको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्दै संसदीय सुनुवाइ गर्न सङ्घीय संसद् समक्ष पठाउने निर्णय गरेको थियो ।

समितिले आज उनको कार्ययोजना र उनि विरुद्ध प्राप्त उजुरीमाथिको छलफल र प्रश्नोत्तरपछि प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सर्वसम्मत अनुमोदन गरेको थियो । शपथ लगतै नवनियुक्त प्रधानन्यायाधिश कार्कीले स्वच्छ, निष्पक्ष, छिटो, छरितो एवं गुणस्तरीय न्याय सम्पादन गरी सवैका लागि न्याय सुनिश्चित गर्नु आफ्नो मुख्य जिम्मेवारी रहेको बताएका छन् ।

विसं २०१५ भदौ २५ गते ओखलढुङ्गाको माम्खामा जन्मिएका प्रधानन्यायाधीश कार्कीले विसं २०३९ मा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा सङ्कायमा स्नातक गरेका थिए । लामो समयसम्म वकालत पेसामा रही आफ्नो छवि बनाएका उनले विसं २०६९ मा वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरेका थिए ।

सोही वर्ष कार्की नेपाल बार एसोसिएसनको अध्यक्षमा निर्वाचित समेत भएका थिए । विसं २०७१ मा नेपाल सरकारको महान्यायाधिवक्ता पदमा नियुक्त भएका उनि नेपाल बार काउन्सिल र नोटरी पब्लिक काउन्सिलको अध्यक्ष भएका थिए ।

विसं २०७२ मा सर्वोच्च अदालतको न्यायाधीशको जिम्मेवारीमा प्रवेश गरेका कार्कीलाई न्याय सेवा परिषद् र न्यायसेवा आयोगको सदस्य भई काम गरेको अनुभव छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ६ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्विनी विशिष्टिकृत सहकारीसँगको साझेदारीमा इन्द्रेणी सहकारीको गुणस्तरीय दुध विक्रि केन्द्रको शुभारम्भ

बुटवल । इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो बहुउद्देश्य कार्यक्रम

एसईईका विद्यार्थी, अभिभावक र विद्यालयका लागि प्रिन्सिपल डीके ढुङ्गानाका सुझाव

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ को माध्यामिक शिक्षा परीक्षा

आज सुनको मूल्य स्थिर, चाँदीको भाउ घट्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ

इन्द्रसरोवरमा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना, ४ जना घाइते

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्छामा भारतीय नम्बर प्लेटको फोर्स

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको