९ बैशाख २०८३, बुधबार । April 22, 2026

कामु प्रधानन्यायाधीसको उजुरीमाथि बुधबारदेखि छलफल हुने


२९ जेष्ठ २०८०, सोमबार  

6
Shares

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीस हरिकृष्ण कार्कीमाथिको उजुरीउपर बुधबारदेखि छलफल हुने भएको छ ।

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले उनिमाथिका उजुरीउपर यही जेठ ३१ गते छलफल गर्ने निर्णय गरेको हो । समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा बसेको बैठकबाट कामु प्रधानन्यायाधीस कार्कीका सम्बन्धमा विभिन्न २९ उजुरी परेका जनाइएको छ ।

बैठकमा उक्त उजुरी समितिका सदस्यलाई वितरण गरेको छ भने सदस्यले मङ्गलबार अध्ययन गरेपछि बुधबार बैठक राखेर उजुरीकर्तालाई बोलाइ छलफल गर्ने जनाइएको छ । समितिले जेठ ३२ गते कामु प्रधानन्यायाधीस कार्कीलाई बैठकमा बोलाएर सुनुवाइ प्रक्रिया टुङ्ग्याउने तयारी गरेको छ ।

आजको बैठकले समितिको बैठक कार्यविधि परिमार्जनसहित पारित गरेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  १ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित