२६ बैशाख २०८२, शुक्रबार । May 9, 2025

गभर्नर अधिकारीसमक्ष अध्ययन प्रतिवेदन हस्तान्तरण



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष नेपाल भारत–अन्तरदेशीय डिजिटल कारोबारसम्बन्धी अध्ययन प्रतिवेदन बुझाइएको छ ।

नेपाल आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान) ले गरेको अध्ययन राष्ट्र बैंकमा एक कार्यक्रमबीच इमानका अध्यक्ष रोयल आचार्यले हस्तान्तरण गरेका हुन् । प्रतिवेदन ग्रहण गर्दै गभर्नर अधिकारीले अन्तरदेशीय डिजिटल कारोबारले भारतबाट नेपाल आउने पर्यटकलाई थप सहज वातावरण सृजना गर्ने डिजिटल कारोबारसम्बन्धी अध्ययन गरेकोमा इमानलाई धन्यवाद ज्ञापन गरेका थिए ।

यस्तै इमानले सो प्रतिवेदन नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनील केसीलाईसमेत आज हस्तान्तरण गरेको छ । इमानको प्रतिवेदन बुझ्दै अध्यक्ष केसीले महत्त्वपूर्ण अध्ययनका लागि धन्यवाद व्यक्त गरे । इमानको टोलीले दुई साताअघि भारतको नयाँदिल्ली र विभिन्न स्थानमा पुगी अध्ययन गरेको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ८ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले

आज नेपाली बजारमा सस्तियो सुन, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा कमी आएको छ

महिला टी-२० विश्वकप छनोटः नेपाल र हङकङ बीचको खेल रद्द

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट

एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गर्‍यो

काठमाडौं । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप