३ चैत्र २०८१, सोमबार । March 17, 2025

सूचना प्रविधिका क्षेत्रमा लगानी गर्नुस्, सहजीकरण गर्छौँ: प्रधानमन्त्री दाहाल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गरेका छन् ।

भारतको मध्यप्रदेशको इन्दौरमा अवस्थित विशेष आर्थिक क्षेत्रमा टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ ले टाटा कम्पनीजस्तै सूचना प्रविधिका क्षेत्रमा लगानी गर्न आह्वान गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले अवलोकनका क्रममा सो क्षेत्रमा सुनाखरीको बिरुवासमेत रोपेका थिए ।

सोही क्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको सूचना प्रविधिका क्षेत्रमा पर्याप्त जनशक्ति रहेकाले लगानीका लागि आग्रह गरे । भारतको प्रसिद्ध टाटा कम्पनीले संसारका ४८ भन्दाबढी मुलुकमा काम गर्दै आएको छ । उक्त कम्पनीमा छ लाख बढी कर्मचारी आबद्ध छन् ।

इन्डौरको विशेष आर्थिक क्षेत्रमा रहेको टाटा कम्पनीको अवलोकनका लागि प्रधानमन्त्री, मन्त्रीहरुसहित नेपाली प्रतिनिधिमण्डल त्यस क्षेत्रमा गएको हो । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बुधबार भारत गएका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री दाहाल शुक्रबार मध्यप्रदेशस्थित इन्दोर पुगेका हुन् । शनिबार साँझ प्रधानमन्त्री काठमाडौँ फर्कंने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ८ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एसईईका विद्यार्थी, अभिभावक र विद्यालयका लागि प्रिन्सिपल डीके ढुङ्गानाका सुझाव

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ को माध्यामिक शिक्षा परीक्षा

आज सुनको मूल्य स्थिर, चाँदीको भाउ घट्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ

इन्द्रसरोवरमा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना, ४ जना घाइते

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्छामा भारतीय नम्बर प्लेटको फोर्स

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको