६ कार्तिक २०८३, शुक्रबार । October 24, 2026

मंगलबार नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि


९ जेष्ठ २०८०, मंगलबार  

3
Shares

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से परिसूचक ५१ दशमलब ३१ अङ्कले उकालो लागेर एक हजार नौ सय ४२ दशमलब ६३ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक आठ दशमलब ८५ अङ्कले उकालो लागेर तीन सय ६७ दशमलब ७४ मा पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै वृद्धि भएकाले मंगलबार बजारमा हरियाली छाएको हो । कूल ६० लाख ६७ हजार चार सय ३२ कित्ता शेयर रु दुई अर्ब २० करोड २३ हजार नौ सय ४५ मूल्यमा खरिद बिक्री भएको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ ।

सो कम्पनीको रु १० करोड पाँच लाख १५ हजार चार सय ३९ मूल्य बराबरको शेयर कारोबार भएको छ । यस्तै, नेपाल दूरसञ्चार कम्पनी रु आठ करोड ९९ लाख २७ हजार नौ सय ४५, एनआइसी एशिया बैंक रु सात करोड २३ लाख ६१ हजार दुई सय १३, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी रु सात करोड १९ लाख ९७ हजार दुई सय ३३ र हिमालयन डिस्टिलरी रु छ करोड ७९ लाख छ हजार तीन सय ७५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, कालिका लघुवित्त, खप्तड लघुवित्त, आत्मनिर्भर लघुवित्त र सामुदायिक लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यस्तै, रिभर फल्स पावर कम्पनीका लगानीकर्ताले आठ दशमलब ३७ प्रतिशतले कमाएका छन् ।

सनराइज फस्ट म्युचुअल फण्ड दुई, ग्लोबल आइएमई बैंकको ऋणपत्र एक दशमलब ९८, लक्ष्मी उन्नती कोष एक दशमलब ६५, लक्ष्मी बैंकको ऋणपत्र एक दशमलब ६५ र आर्दश लघुवित्तका लगानीकर्ताले एक दशमलब २३ प्रतिशतले गुमाएका छन् । आजको कारोबारपछि बजार पुँजीकरण रु २८ खर्ब ३४ अर्ब बराबर पुगेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  ४ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि