२ बैशाख २०८३, बुधबार । April 16, 2026

चलचित्र नीरफूलको ‘लिरिकल भिडियो’ सार्वजनिक


९ जेष्ठ २०८०, मंगलबार  

3
Shares

काठमाडौं । यही जेठ २६ गते प्रदर्शन गरिने चलचित्र ‘नीरफूल’ को लिरिकल भिडियो सार्वजनिक गरिएको छ ।

हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको भिडियोमा रुवी भ्यालीको प्राकृतिक दृश्यसँगै विपत्तिपछि एउटा परिवारमा आएको हलचल प्रस्तुत गरिएको छ । चलचित्रमा विसं २०७२ को भूकम्पमा परेर परिवारका सदस्य गुमाएको कथाबस्तु समेटिएको छ । प्रस्तुत गीतमा राजेश पायल राईको स्वर र चन्द्रकुमार दोङको संगीत रहेको छ ।

सेलो सङ्गीतमा आधारित गीतको लिरिकल भिडियोमा दयाहाङ राई आफ्नो परिवारसँग रमाइरहेका देखिन्छन् तर भूकम्पपछि परिवारका सदस्य गुमाउनुपर्दाको दुःख र पीडाहरु पनि प्रस्तुत गरिएको छ । दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकीको अभिनय रहेको यस चलचित्रको निर्देशन फूलमान वलले गरेका छन् ।

पटकथा लेखकसमेत रहेका निर्देशक वल यो चलचित्रमा भूकम्पले तोडेको सम्बन्धलाई जोड्न गरिएको प्रयत्न हो भन्छन् । ‘कन्टेन्ट’ प्रधान चलचित्रका रूपमा रहेको ‘नीरफूल’ मा विगतको त्यो त्रासदीपूर्ण भूकम्पमा आफूले पनि भोग्नुपरेको पीडालाई स्मरण गर्दै दर्शकले रुचाउनेमा उनको अपेक्षा छ ।

धादिङको रुवीभ्याली र रसुवाको स्याफ्रुबेसीसँगै काठमाडौँमा छायाङ्कन गरिएको यस चलचित्रमा अभिनेत्री रेखा थापाको विशेष भूमिका रहेको छ । प्रमोद कार्कीले खिचेको यस चलचित्रमा सचिन घिमिरे एशोसिएट निर्देशक, निमेष श्रेष्ठको सम्पादन एवं अर्जुन पोखरेल तथा चन्द्रकुमार दोङको सङ्गीत रहेको छ ।

नेपाल–म्यानमार फ्रेन्डसीप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको यस चलचित्रमा पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबालगायतको पनि अभिनय छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  २ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व