३ आश्विन २०८३, शनिबार । September 19, 2026

काठमाडौं जेसिजद्वारा आयोजित जेसिज सप्ताह सम्पन्न, के–के भए जेसिज सप्ताहमा ?


८ जेष्ठ २०८०, सोमबार  

9
Shares

काठमाडौं । नेपालकै पुरानो एवम प्रतिष्ठित जेसिज शाखा काठमाडौं जेसिजले समुदायमा आधारित जेसिज सप्ताह अन्तर्गतको छ वटा कार्यक्रम सम्पन्न गरेको छ ।

२०८० बैशाख ३० गते शनिबार पशुपतीनाथ प्राङणमा रक्तदानबाट सुरुगरेको जेसिज सप्ताह बैशाख ६ गते शंखारापुर–०१ मा कारीब २०० जना बिच फ्री दन्त शिबिर एवम घरेलु सेनेटरी प्याड तालिम र स्वास्थ जनचेतना मुलक सम्मको छ वटा कार्यक्रम सम्पन्न गरेको छ ।

यसक्रममा २०८० जेष्ठ १ गते साउथ वेष्टर्न स्टेट कलेजका करिब ४०० जना बिद्यार्थी र शिक्षकहरु बिच छालादान र जलन सम्बधी सचेतना मुलक कार्यक्रम , जेष्ठ २ गते हाम्रो बाल संरक्षण नेपाल टोखा रहेका ४० भन्दा बढी टुहुरा बालबालिकाहरुमा सहयोग कार्यक्रम, जेष्ठ ३ गते निसहाय सेवा सदनमा रहेका ४० भन्दा बढी जेष्ठ नागरिकहरु बिच भेटघाट र सहयोग कार्यक्रम, जेष्ठ ५ गते एक्मी इन्जीनियरिङ्ग कलेजमा १४० भन्दा बढी इन्जीनियरिङ्गका बिद्यार्थीहरुबिच डिजिटल भुक्तानीका फाईदा र चुनौती बिषयक सचेतनात्मक कार्यक्रम गरेको काठमाडौं जेसिज बर्ष २०२३ का महसचिब जेसी गोविन्द ओझाले जानकारी दिए ।

साथै उनले जेसिज सप्ताहको अन्तिम कार्यक्रम यसै हप्ताको अन्तिममा समाजिक बिषयमा आधारित लाइभ टक सो गरि सम्पन्न गर्ने जानकारी दिए । प्रत्यक कार्यक्रममा छुट्टाछुट्टै जेसिज सदस्यलाइ कार्यक्रम व्यवस्थापनको जिम्माका साथै जेसिज भित्र रहेको ४ वटा अवसरका क्षेत्रहरु मध्ये समुदाय सँग जोडीएर ब्यक्तित्व र नेत्रित्व बिकासगर्न जेसिज सप्ताहलाई नेपालभरीका जेसिजहरुले महत्वका साथ मनाउने गर्दछन ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ९ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ