१० बैशाख २०८३, बिहिबार । April 23, 2026

सिडिओ कार्यालयका हाकिमसहित २६ जनालाई पक्राउ पूर्जी


४ जेष्ठ २०८०, बिहिबार  

15
Shares

सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृतसहित २६ जना विरुद्ध जिल्ला अदालत सप्तरीले पक्राउ पुर्जी जारी गरेको छ ।

झुटो विवरण पेश गरी नेपाली नागरिकता दिएको आरोपमा उनीहरु विरुद्ध बुधबार जिल्ला अदालत सप्तरीबाट पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत किशोर कुमार रामसहित चार जना कर्मचारी, जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक महेन्द्र प्रसाद चौधरीसहित तीन जना प्रहरी कर्मचारी, राजविराज नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष उदितनारायण यादव, वडासचिव हरिनारायण यादवसहित २६ जनामाथि पुर्जी जारी भएको छ । २०८० वैशाख ३१ गते दर्ता भएको नागरिकता सम्बन्धी मुद्दाको अभियोग पत्रमा प्रतिवादी बनाइएकामध्ये २६ जना फरार भएको भन्दै पक्राउ पुर्जी जारी भएको सप्तरी जिल्ला अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिए ।

सप्तरी जिल्लाको साविक फर्सेठ गाविस ७ हाल राजविराज नगरपालिका वडा नम्बर ११ का सूर्यनारायण यादवले झुटो विवरण दिइ आफ्ना नाती पर्ने सतीश यादवलाई छोरा बनाइ नेपाली नागरिकता बनाएको र बनाउन सघाएको आरोपमा सूर्यनारायण र सतीशसहित २८ जनालाई प्रतिवादी बनाइ जिल्ला सरकारी वकिल कार्यालय सप्तरीले वैशाख ३१ मा आरोपपत्र दायर भएको थियो । २८ जनामध्ये सूर्यनारायण र सतीश प्रहरी नियन्त्रणमा रहेकाले उनीहरुलाई २०८० जेठ १ गते बयान र थुनछेकका लागि अदालतमा उपस्थित गराइएको थियो । सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङगनामको इजलासले आरोपि मध्येका सूर्यनारायण र सतीशलाई जनही एक लाखका दरले धरौटी लिइ तारेखका छाड्न २०८० जेठ १ गते आदेश दिएको थियो ।

दुबै जना धरौटी बुझाइ तारेखमा छन् । मुद्दामा प्रतिवादी बनाइएका प्रशासन कार्यालयका कर्मचारी, प्रहरी, वडाध्यक्ष, वडा सचिव, मुचुल्कामा हस्ताक्षर गर्ने व्यक्तिसहित २६ जना फरार रहेको भन्दै अदालतले उनीहरुमाथि पक्राउ पुर्जी जारी गरेको छ । यसरी पक्राउ पुर्जी जारी गरिएकाहरुमा नागरिकताको लागि सिफारिस गर्नेदेखि, मुचुल्कामा हस्ताक्षर गर्ने तथा नागरिकता जारी गर्ने कार्यमा संलग्न कर्मचारी रहेका छन् ।

सूचना अधिकारी पोखरेलका अनुसार फरार सूचीमा रहेको भन्दै पक्राउ पुर्जी जारी भएकाहरुमा नागरिकता जारी गर्दा नागरिकतामा हस्ताक्षर गर्ने जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत किशोरकुमार राम, नायब सुब्बा सुशील कर्ण, खरिदारद्वय संजिवकुमार साह र सुरज नेपाल छन् । त्यस्तै,राजविराज नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष उदितनारायण यादव र वडासचिव हरिनारायण यादव, सर्जमिन मुचुल्कामा बस्ने प्रहरी सहायक निरीक्षक महेन्द्र चौधरी, प्रहरी सहायक हवल्दार नारायणकुमार महतो र राम इश्वर मण्डल छन् । सर्जमिन मुचुल्कामा हस्ताक्षर गर्नेहरुसमेत मुद्दामा प्रतिवादी रहेकाले उनीहरुमाथि पनि पक्राउ पुर्जी जारी भएको छ ।

फरार रहेको भन्दै पक्राउ पुर्जी जारी भएका कर्मचारीहरु नियमित रुपमा सरकारी कामकाजमा रहेका छन् । फरार भन्दै पक्राउ पुर्जी जारी भएका प्रशासकीय अधिकृत किशोरकुमार राम जिल्ला प्रशासन कार्यालय सप्तरीबाट २०८० जेठ २ गते रमाना लिएका छन् । पक्राउ पुर्जी जारी भएका उनको विदाइ कार्यक्रम प्रशासन कार्यालयमा गरिएको थियो ।

उनी २०८० जेठ ३ गते बुधबार सप्तरीको बिष्णुपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका छन् । गाउँपालिका अध्यक्ष उमेशकुमार यादव र कर्मचारीहरुले उनलाई पालिकाको प्रशासकीय अधिकृतको रुपमा भव्य स्वागत गरे । यस्तै,फरार भइ पक्राउ पुर्जी जारी गरिएका प्रशासन कार्यालयका अन्य कर्मचारीहरु बुधबार पनि जिल्ला प्रशासन कार्यालयको नियमित कामकाजमा रहेको प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले यो मुद्दामा पूर्वाग्रह राखी कर्मचारीलाई प्रतिवादी बनाएको आरोप लगाएको छ । यो नागरिकता प्रकरणमा यसअघि जिल्ला प्रशासन कार्यालय सप्तरीले पनि छानबिन गरेको थियो । कर्मचारीको संलग्नता भए नभएको विषयमा नाम जोडिएका कर्मचारीहरुलाई प्रशासन कार्यालयले स्पष्टीकरण समेत सोधेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ९ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म