७ चैत्र २०८२, शनिबार । March 21, 2026

गायिका रमलाको म्हेन्दोमाया ‘म्हेन्दोरी लोई’ (भिडियोसहित)


४ जेष्ठ २०८०, बिहिबार  

3
Shares

काठमाडौं । म्हेन्दोमाया गायिका रमला पाख्रिन तामाङले नयाँ गीत ल्याएकी छन् ।

रमलाले केही दिनअघि ‘म्हेन्दोरी लोई’ बोलको म्हेन्दोमाया गीत आफ्नो अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् । ‘म्हेन्दोमाया साम्राज्ञी’को रुपमा समेत चिनिएकी रमलाको यो पछिल्लो गीतको भिडियोमा उनी आफैंले अभिनय गरेकी छन् । अढाई दशकदेखि नेपाली गीतसंगीत क्षेत्रमा क्रियाशील रमला ‘म्हेन्दोमाया’ गीतको संरक्षण र प्रवद्र्धन गर्ने आफ्नो उद्देश्य रहेको बताउँछिन् ।

२५ वर्षअघि ‘म्हेन्दोमायाँ युवा समाज’ नामक संस्था स्थापना भएको थियो, उनी त्यतिबेलादेखि ‘म्हेन्दोमाया’ गीतसंगीतमा लागेकी हुन् । रमलाले हालसम्म ६ सयभन्दा बढी गीत गाइसकेकी छन् । ‘अहिलेसम्म जति गाएकी छ्, अधिकांश म्हेन्दोमाया गीत नै गाएकी छु’ रमला भन्छिन्, ‘धादिङ र नुवाकोटको भाकालाई प्रवद्र्धन र संरक्षण गर्ने मेरो उद्देश्य हो ।’ २०५६ सालमा ‘म्हेन्दोमाया’ गीतिसंग्रह ल्याएपछि औपचारिक गायनयात्रा प्रारम्भ गरेकी धादिङ खनियाबासकी रमला भन्छिन्, ‘सानैदेखि मलाई गीतसंगीतमा रुची थियो । रुचीसँगै म्हेन्दोमाया गायनयात्रा प्रारम्भ गरेकी हुँ । अहिले आएर म्हेन्दोमाया गायिकाकै रुपमा चिनिन पाउँदा खुसी छु ।’

पछिल्लो समय गण्डकीका अधिकांश जिल्लामा ‘म्हेन्दोमाया’ भाका गाइन्छ । तर, धादिङ र नुवाकोटमा गाइने ‘म्हेन्दोमाया’ भाकालाई मौलिक मानिन्छ । त्यही मौलिकता जोगाउनेक्रममै रमलाले आफूलाई ‘म्हेन्दोमाया गायिका’को पहिचान बनाउन सफल भएकी छन् ।

रमलाका ‘कतो तङच्यो रोमा’, ‘अम्बले अम्बले’, ‘लक्पर योन्दोङ’, कस्र्योल पोङ’, ‘साइकोले कोउ’, ‘सिङ्ल म्हने’ ‘गङजोरी तामर म्हेन्दो’, ‘रन्ता तपरीम’, र ‘म्हेन्दोमायाँ ब्याटल’जस्ता गीतहरु चर्चित छन् । दर्जनभन्दा बढी सोलो एल्बमकी गायिका रमलाले भनिन्, ‘२०५६ सालमा औपचारिक रुपमा गीतसंगीतमा लागेँ, त्यसपछि ६० को दशकमा आएर मेरो गीतहरु श्रोता तथा दर्शकले रुचाए । विशेषगरी मैले गाएको म्हेन्दोमाया भाका रुचाइएको छ ।’

‘म्हेन्दोमाया गायिका रमलाले गायनकै क्रममा दर्जनौं मुलुक भ्रमण गरिसकेकी छन् । पहिलो विदेशयात्रा दुवईबाट सुरु भएको बताउँदै उनले भनिन्, ‘हालसम्म दुवईसँगै कुवेत, कतार, कोरिया, मलेसिया, जापान, सिंगापुर, बेलायत, भारत, भुटान, थाइल्याण्डलगायत दर्जनौं देशको भ्रमण गरेकी छु ।’

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ६ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो