२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

सवारी दुर्घटना घटाउन डिजिटल बोर्ड



दाङ । सवारी दुर्घटना न्यूनीकरण गर्न तुलसीपुर उपमहानगरपालिकाको चार प्रमुख स्थानमा डिजिटल बोर्ड राखिएको छ ।

ट्राफिक नियमको पालना गराउन र यससम्बन्धी थप जानकारी गराउने उद्देश्यले तुलसीपुर बसपार्क, वीरेन्द्र चोक, गोटिखोला र जसपुरमा डिजिटल बोर्ड राखिएको हो । डिजिटल बोर्ड उद्घाटनमा तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले यस्ता बोर्डले दुर्घटना न्यूनिकरण गर्न सहयोग पु¥याउने भन्दै ट्राफिक चेतनाबारे सबैमा जानकारी हुनुपर्ने बताए ।

यस्तै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेशका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईले अस्वस्थ प्रतिस्पर्धा र तीव्र गतिका कारण धेरै दुर्घटना हुने गरेको जानकारी गराए । उनले दुर्घटना न्यूनीकरणका लागि आम नागरिकमा ट्राफिक नियमबारे जानकारी गराउनुपर्नेमा जोड दिए ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ५ र तुलसीपुरका युवा व्यवसायी विनिल केसीले डिजिटल बोर्ड राख्नका लागि आर्थिक सहयोग उपलब्ध गराएका थिए । कार्यक्रममा राष्ट्रिय यातायात महासङ्घका सल्लाहकार सुरेश हमालले दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवसायी, मजदुर र ट्राफिक प्रहरीबीच नङ र मासुको सम्बन्ध हुनुपर्ने धारण व्यक्त गरे ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ६ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको