२२ फाल्गुन २०८१, बिहिबार । March 6, 2025

रविले फेरि मागे चितवन कार्यालयका लागि सीईओ



चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन कार्यालयका लागि पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग मागेका छन् ।

चुनावी प्रतिबद्धता अनुसार विदेशमा बसेर विज्ञता हासिल गरेका नेपालीलाई स्वदेश फर्कने वातावरण बनाउनका लागि सीईओ माग गरेको रविले उल्लेख गरेका छन् । जेठ १५ गतेभित्र दरखास्त आह्वान गर्न भनिएको छ । यसको सुरुवात गत पुस ८ मै गरेको भएपनि विशेष कारणवश अगाडि बढाउन नसकेको लामिछानेको भनाइ छ ।

‘अब त्यसलाई फेरि सुरु गर्ने बेला आएको छ। विदेशमा रहनुभएका व्यवस्थापनमा दक्खल राख्ने, स्वदेशमा केही गर्न इच्छुक व्यक्तिको हामीलाई खाँचो छ। कार्यकारी अधिकृत सीईओ भएर विकास, सुशासन, व्यवस्थापन लगायतका सम्पूर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई अति आकर्षक तलब तथा सुविधासहित नेपाल भित्राउन हामी इच्छुक छौं ’, आवश्यकताको विज्ञापनमा भनिएको छ । चितवनलाई कर्म क्षेत्र बनाएर काम गर्न चाहनेले इमेलमार्फत सीभी पठाउन आग्रह गरिएको छ । पहिले दरखास्त आह्वान गरिसकेकाको हकमा भने नयाँ दिइरहनुनपर्ने बताइएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ३ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लायन्स डिष्ट्रिक्ट ३२५ के को तेस्रो राष्ट्रिय महाधिवेशन शनिवार पोखरामा, भिडिजीमा सुधाको उम्मेदवारी

काठमाडौं । लायन्स अन्तर्रास्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय

लगातार उकालो लाग्दै सुनको भाउ, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय