३ आश्विन २०८३, शनिबार । September 20, 2026

रविले फेरि मागे चितवन कार्यालयका लागि सीईओ


२ जेष्ठ २०८०, मंगलबार  

6
Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन कार्यालयका लागि पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग मागेका छन् ।

चुनावी प्रतिबद्धता अनुसार विदेशमा बसेर विज्ञता हासिल गरेका नेपालीलाई स्वदेश फर्कने वातावरण बनाउनका लागि सीईओ माग गरेको रविले उल्लेख गरेका छन् । जेठ १५ गतेभित्र दरखास्त आह्वान गर्न भनिएको छ । यसको सुरुवात गत पुस ८ मै गरेको भएपनि विशेष कारणवश अगाडि बढाउन नसकेको लामिछानेको भनाइ छ ।

‘अब त्यसलाई फेरि सुरु गर्ने बेला आएको छ। विदेशमा रहनुभएका व्यवस्थापनमा दक्खल राख्ने, स्वदेशमा केही गर्न इच्छुक व्यक्तिको हामीलाई खाँचो छ। कार्यकारी अधिकृत सीईओ भएर विकास, सुशासन, व्यवस्थापन लगायतका सम्पूर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई अति आकर्षक तलब तथा सुविधासहित नेपाल भित्राउन हामी इच्छुक छौं ’, आवश्यकताको विज्ञापनमा भनिएको छ । चितवनलाई कर्म क्षेत्र बनाएर काम गर्न चाहनेले इमेलमार्फत सीभी पठाउन आग्रह गरिएको छ । पहिले दरखास्त आह्वान गरिसकेकाको हकमा भने नयाँ दिइरहनुनपर्ने बताइएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ३ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली