१ असार २०८३, सोमबार । June 15, 2026

आजबाट अनलाईन मार्फत एनओसी लिन सकिने


१ जेष्ठ २०८०, सोमबार  

12
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) ले अनलाईन बाटै वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको शुरुवात गरेको छ ।

सोमवार एनओसी कार्यालयमा एक कार्यक्रम गरि विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको शुरुवात गरिएको हो । सोमबार बाटै लागु हुनेगरि शाखाले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र डाउनलोड गर्नसक्ने गरी सेवा प्रवाहलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाएको हो ।

कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नो अब्जेक्शन सर्टिफिकेट चाहने विद्यार्थीले अभिभावक गुहार्नु नपर्ने र घरमै बसेर फर्म भर्न सक्ने र आफैँले सर्टिफिकेट प्रिन्ट आउट गर्नसक्ने व्यवस्था शुरु हुनु प्रशंसनीय भएको बताए । उनले अबबाट विद्यार्थीहरुले घरबाटै एनओसी फर्मका लागि लाग्ने शुल्क पनि तिर्नसक्ने व्यवस्था गरिएको बताए ।

उनले यो प्रक्रिया पूरा हुन अझै ४० प्रतिशत काम बाँकी रहेपछि चाँडै नै शतप्रतिशत काम हुनेगरी तयारी गरिरहेको बताए । त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सोमबार बाट फेसलेस, पेपरलेस र क्यासलेसको शुरुवात हुनु नेपालीहरुका लागि खुशीको कुरा भएको बताए ।

वैदेशिक अध्ययन स्वीकृति सम्बन्त्री निर्देशिका, २०७९ को दफा ७ को उपदफा (३) र (४) मा सेवाग्राहीलाई विद्युतीय प्रणालीको प्रयोग गरी आफ्नो वैदेशिक अध्ययन स्वीकृति पत्र डाउलोड गर्नसक्ने गरी सेवा प्रवाहलाई फेसलेस, क्यासलेस र पेपरलेस बनाउनुपर्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  १२ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फिफा विश्वकप २०२६ः आइभोरी कोस्टले इक्वेडरलाई १–० ले हरायो

काठमाडौं। अमाद डियालोले अन्तिक समयमा गरेको निर्णयक गोलमा आइभोरी कोस्टले

फिफा विश्वकप २०२६ः बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्ससँग २–२ को बराबरीमा जापान

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समुह चरणको आफ्नो पहिलो खेलमा

फिफा विश्वकप २०२६ः कुरासाओमाथि निर्मम बन्यो जर्मनी, ७–१ गोलअन्तरले हरायो

काठमाडौं। चार पटकको विश्वकप विजेता जर्मनीले आइतबार समूह चरणको आफ्नो

एनपीएल सिजन-३ः पोखरा एभेन्जर्सले भुर्तेलसहित ७ खेलाडीलाई गर्यो रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि

फिफा विश्वकप २०२६ः स्विट्जरल्यान्डसँग रेमाञ्चक बराबरीमा कतार

काठमाडौं। फिफा विश्वकप २०२६ मा समूह ‘बी’ अन्तर्गत आइबार राति