८ कार्तिक २०८३, आइतबार । October 26, 2026

भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्छ: उपेन्द्र यादव


२९ बैशाख २०८०, शुक्रबार  

6
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वाग्रहरहित ढंगले अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै जसपा अध्यक्ष यादवले सरकारमा रहेका जिम्मेवार व्यक्तिले नै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको बताए । उनले भने,‘यो घटनाको निष्पक्ष छानबिन पूरा हुनुपर्छ, छानबिन गरेर जो अभियुक्त देखापर्छ त्यसलाई कानुनको दायरामा ल्याउनुपर्छ, पूर्वाग्रहरहित भएर छानबिन हुनुपर्छ ।’ उनले सरकारले निजामती सेवा ऐन, प्रहरी समायोजन लगायतका अति आवश्यक कानुनहरु छिटो जारी गर्नुपर्ने बताए ।

यी कानुन अभावमा प्रदेश सरकार पनि प्रभावित भएको बताउँदै उनले भने, ‘सरकारलाई प्रशासन चाहिन्छ, प्रहरी चाहिन्छ । केबल एउटा गाडीमा झण्डा हल्लाएरमात्र सरकार हुँदैन ।’

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  १० : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन–३ आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उद्घाटन खेलमा

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा