६ चैत्र २०८२, शुक्रबार । March 20, 2026

७ दिनभित्र लेखा परिक्षण सार्वजनिक गर्न दलहरुलाई आयोगको निर्देशन


२९ बैशाख २०८०, शुक्रबार  

6
Shares

काठमाडौं । निर्वाचन आयोगले ८२ वटा राजनीतिक दललाई ७ दिनभित्र आर्थिक वर्ष ०७८/०७९को लेखा परीक्षण सार्वजनिक गर्न निर्देशन दिएको छ ।

आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुले आर्थिक बर्ष समाप्त भएको ६ महिनाभित्र कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा सो लेखा परीक्षणको प्रतिवेदन पेश गर्नुपर्ने कानुनी व्यवस्थाको स्मरण समेत गराएको छ ।

आयोगको वैशाख २७ गते बसेको बैठकले यस्तो निर्देशन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाएका छन् । ‘आर्थिक वर्ष २०७८/०८९ को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयसीमा भित्रै पेस गर्ने ८२ राजनीतिक दललाई आयोगमा पेस गरेको लेखापरीक्षण प्रतिवेदन सात दिनभित्र सम्बन्धित दलको कार्यालय वा वेबसाइट, आमसञ्चार माध्यम, सामाजिक सञ्जालका माध्यमबाट सार्वजनिक गरी सार्वजनिक गरेको मितिले सात दिनभित्र सोको जानकारी आयोगमा गराउन निर्देशन दिएको छ’ आयोग प्रवक्ता पौडेलले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आयोगले निरन्तर दुई आर्थिक वर्षसम्म लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने मुस्कान सेना नेपाल पार्टी, शिव सेना नेपाल, आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक र नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिक पार्टीलाई स्पष्टीकरण सोधेको छ । यी दलहरुले ०७७/०७८ र ०७८/०७९ को लेखा परिक्षण पेस नगरेको आयोगले जनाएको छ ।

यस्तै आयोगले आर्थिक वर्ष २०७८र७९ को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयवाधि भित्र पेस नगर्ने ९ वटा राजनीतिक दल र सोही आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने १६ राजनीतिक दललाई पनि स्पष्टीकरण सोधेको छ । ती दलहरुलाई ७ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ९ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा