८ चैत्र २०८२, आइतबार । March 22, 2026

उग्र बन्दै पहिचानवादी आन्दोलन, झापा झडपमा १० प्रहरीसहित २२ जना घाइते


२७ बैशाख २०८०, बुधबार  

3
Shares

काठमाडौं । कोशी प्रदेश नामकरणको विषयमा असन्तुष्टि जनाउँदै मङ्गलवार साँझ झापाको दमकमा भएको झडपमा १० जना प्रहरीसहित २२ जना घाइते भएका छन् ।

कोशी प्रदेश नामाकरणको विरोधमा निस्केको राँके जुलुसको क्रममा भएको झडपमा परेर प्रहरी नायव उपरीक्षक मनोजकुमार लामासहित २२ जना घाइते हुन् । करिब डेढ घण्टा दुई पक्षबिच झडप भएको थियो । झडपमा १० प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

करिब ३ सय मिटर टाडादेखि राँको बालेर आएका आन्दोलनकारीहरूलाई दमकको मुख्य गणतन्त्र चोकमा प्रहरीले रोकेर राँको निभाउन खोजेपछि दुई पक्षबीच झडप सुरु भएको थियो । झडपले उग्र रूप लिएपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो । आन्दोलनकारीहरूले प्रहरीमाथि आक्रमण गरेपछि भिडलाई तितरबितर गर्न र सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि १९ सेल अश्रुग्याँस, पाँच राउन्ड ब्ल्याक फायर र एक राउन्ड हवाई फायर गरेको प्रहरीको भनाई छ । भिड नियन्त्रणका लागि प्रहरीले चलाएको गोलीको छर्रा लागेर दुइ जना आन्दोलनकारी घाइते भएका छन् ।

गम्भिर घाइते भएका निर्मला लिङदेन र गजेन्द्र फागो लिम्बूको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । घटनापछि दमकको सुरक्षा व्यवस्था थप कडा पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ९ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो