२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

नक्कली शरणार्थी प्रकरण

‘भ्रष्ट नेताहरूलाई राजनीतिक संरक्षण गर्न पाइँदैन’



काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने भन्दै ठगी कार्यमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउन दबाब दिँदै काठमाडौंको माइतीघरमा युवाले प्रदर्शन गरेका छन् ।

शनिबार दिउँसो ‘हन्ड्रेड ग्रुप’ नामक युवाहरुको संस्थाले दबाबमूलक प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीले ‘भ्रष्ट नेताहरूलाई राजनीतिक संरक्षण गर्न पाइँदैन’, ‘गृहमन्त्री काजीदाई, ठिक पार भ्रष्टाचारीलाई’, ‘प्रचण्ड सरकार भ्रष्टाचारीलाई कारबाही गर’, ‘प्रहरीलाई अनुसन्धान गर्न देऊ’जस्ता प्लेकार्ड प्रदर्शन गरेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीसहित उच्च पदस्त अधिकारीहरु मुछिएका छन् ।

यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ भने केहीलाई पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुर्जी जारी गरिएपछि पूर्वमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी सम्पर्कविहीन भएका छन् । उनलाई खोजीरहेको प्रहरीले जनाएको छ ।

यस्तै, प्रहरीले शनिबार सोही प्रकरणमा थप तीन जनालाई पक्राउ पुर्जी जारी छ । हालसम्म प्रहरीले ८ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ५ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको