२२ माघ २०८२, बुधबार । February 5, 2026

नक्कली शरणार्थी प्रकरण

‘भ्रष्ट नेताहरूलाई राजनीतिक संरक्षण गर्न पाइँदैन’



काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने भन्दै ठगी कार्यमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउन दबाब दिँदै काठमाडौंको माइतीघरमा युवाले प्रदर्शन गरेका छन् ।

शनिबार दिउँसो ‘हन्ड्रेड ग्रुप’ नामक युवाहरुको संस्थाले दबाबमूलक प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीले ‘भ्रष्ट नेताहरूलाई राजनीतिक संरक्षण गर्न पाइँदैन’, ‘गृहमन्त्री काजीदाई, ठिक पार भ्रष्टाचारीलाई’, ‘प्रचण्ड सरकार भ्रष्टाचारीलाई कारबाही गर’, ‘प्रहरीलाई अनुसन्धान गर्न देऊ’जस्ता प्लेकार्ड प्रदर्शन गरेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीसहित उच्च पदस्त अधिकारीहरु मुछिएका छन् ।

यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ भने केहीलाई पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुर्जी जारी गरिएपछि पूर्वमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी सम्पर्कविहीन भएका छन् । उनलाई खोजीरहेको प्रहरीले जनाएको छ ।

यस्तै, प्रहरीले शनिबार सोही प्रकरणमा थप तीन जनालाई पक्राउ पुर्जी जारी छ । हालसम्म प्रहरीले ८ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ५ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल