९ कार्तिक २०८३, सोमबार । October 26, 2026

प्रधानन्त्रीको दोहोरो चरित्रका कारण समर्थन फिर्ता लिन पर्‍यो: रवि


२३ बैशाख २०८०, शनिबार  

3
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले प्रधानमन्त्रीको अलमल्याउने प्रवृत्ती र जनदबाबले सरकारलाई दिएको समर्थन फिर्ता लिनु परेको बताएका छन्।

शुक्रबार केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकमा बोल्दै सभापति लामिछानेले आफुहरुलाई सरकारमा सहभागि गराउने सवालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोहोरो चरित्र देखाएको आरोप लगाएका थिए । शुक्रबार बसेको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको रास्वपाले प्रधानमन्त्री प्रचण्डले आफुहरुलाई अलमल्याउने प्रवृति देखाएको बताए ।

उनले भने ‘न्युनतम साझा कार्यक्रममा हाम्रा विषय समेट्ने र मन्त्रीहरुले स्वतन्त्र ढंगल काम गर्न पाउनुपर्ने भनेका थियौ। यसका लागि प्रधानमन्त्रीले पटकपटक प्रतिबद्धता समेत जनाउनुभएको हो,’ भने, ‘एकातिर प्रधानमन्त्रीले हामीलाई सरकारमा आउन भन्नुभयो भने अर्कोतिर हिजो सरकार विस्तार गर्नुभयो। त्यसैले हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने अवस्था आयो’

लामिछानेले आफुहरुलाई जनताले प्रतिपक्षमा बस्न दबाब दिएको समेत बताएका थिए । उपनिर्वाचनबाट जनताको थप विश्वास पाएका बताउँदै उनले रचनात्मक प्रतिपक्षको भुमिकामा रहन जनदबाब रहेको बताए ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ११ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन–३ आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उद्घाटन खेलमा

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा