५ आश्विन २०८३, सोमबार । September 21, 2026

प्रधानन्त्रीको दोहोरो चरित्रका कारण समर्थन फिर्ता लिन पर्‍यो: रवि


२३ बैशाख २०८०, शनिबार  

3
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले प्रधानमन्त्रीको अलमल्याउने प्रवृत्ती र जनदबाबले सरकारलाई दिएको समर्थन फिर्ता लिनु परेको बताएका छन्।

शुक्रबार केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकमा बोल्दै सभापति लामिछानेले आफुहरुलाई सरकारमा सहभागि गराउने सवालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोहोरो चरित्र देखाएको आरोप लगाएका थिए । शुक्रबार बसेको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको रास्वपाले प्रधानमन्त्री प्रचण्डले आफुहरुलाई अलमल्याउने प्रवृति देखाएको बताए ।

उनले भने ‘न्युनतम साझा कार्यक्रममा हाम्रा विषय समेट्ने र मन्त्रीहरुले स्वतन्त्र ढंगल काम गर्न पाउनुपर्ने भनेका थियौ। यसका लागि प्रधानमन्त्रीले पटकपटक प्रतिबद्धता समेत जनाउनुभएको हो,’ भने, ‘एकातिर प्रधानमन्त्रीले हामीलाई सरकारमा आउन भन्नुभयो भने अर्कोतिर हिजो सरकार विस्तार गर्नुभयो। त्यसैले हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने अवस्था आयो’

लामिछानेले आफुहरुलाई जनताले प्रतिपक्षमा बस्न दबाब दिएको समेत बताएका थिए । उपनिर्वाचनबाट जनताको थप विश्वास पाएका बताउँदै उनले रचनात्मक प्रतिपक्षको भुमिकामा रहन जनदबाब रहेको बताए ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ११ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा