३ आश्विन २०८३, शनिबार । September 20, 2026

व्यवसायी कँडेल मृत्यु प्रकरण: आरोपी पक्राउ नगरेको भन्दै चितवन बन्द


२३ बैशाख २०८०, शनिबार  

6
Shares

चितवन । व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेका प्रदीप रुङ्गटालाई हालसम्म पक्राउ नगरिएको भन्दै चितवन बन्द गरिएको छ ।

व्यवसायी कँडेल न्यायिक संघर्ष समितिको नाममा बन्द आह्वान गरिएको हो । अनमोल फिड्स पाल्ट्री व्यवसायी कँडेलले आत्महत्या अघि सोही कम्पनीका विभिन्न पधाधिकारीहरुको कारण आफुले आत्महत्या गर्नुपरेको भन्दै ‘सुसाइट नोट’ लेखेका थिए । उनले लेखेको सुसाइड नोटमा सोही कम्पनीको ८५ प्रतिशत शेयर किनेका प्रदीप रुङ्गटाका कारण आफूले आत्महत्या गर्नुपरेको उल्लेख गरेका छन् ।

उनको सुसाइड नोटका आधारमा किटानी जाहेरी परेका रुङ्गटालाई हालसम्म प्रहरीले पक्राउ नगरेको भन्दै आफन्त र स्थानीयले आज चितवन बन्द गरेको हो । बन्दको प्रभावले राजमार्गमा ठूला सवारी साधान सञ्चालन हुन सकेका छैनन् भने भित्री सडकमा साना सवारी साधान र मोटरसाइकल चलेका छन् । नारायणगढको पुल्चोक, मुग्लिन र खैरहनीलगायतका स्थानमा बन्दकर्ता जम्मा भएर गाडी चलाउन रोकेका छन् ।

बन्दकर्ता आफूहरू मोटरसाइकलमा हिँडेका विभिन्न ठाँउमा पुगेर बन्द गराइरहेका छन् । पश्चिमबाट आउने सवारी साधनलाई गैंडाकोटमा नै रोकिएका छन् । पुल्चोकमा बन्दकर्ताले अवरोध सिर्जना गरेपछि अत्यावश्यक बाहेकका सवारी साधन चल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

व्यवसायी कँडेलले अनमोल फिड्सको आफ्नै कार्यालयमा गत मंगलबार साँझ झुण्डिएर आत्महत्या गरेका थिए । उनको आत्महत्या दुरत्साहन प्रकरणका आरोपी कम्पनीका चार्टड एकाउन्टेन्ट जीवन रावललाई भने प्रहरीले सिमराबाट बिहीबार नै पक्राउ गरिसकेका छन् । परिवारले दुवै जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दामा किटानी जाहेरी दिएका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ११ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली