७ आश्विन २०८३, बुधबार । September 24, 2026

सरकारबारे निर्णय गर्न डाकिएको रास्वपाको बैठक सुरु


२२ बैशाख २०८०, शुक्रबार  

3
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायम राख्ने कि फिर्ता लिने भन्ने बिषयमा निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक सुरु भएको छ ।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक साँझ ५ बजे बस्‍ने भनिए पनि एक घण्टा ढिला गरी सुरू भएको हो । नागरिकता विवादमा पार्टी सभापति रवि लामिछानेको सांसद पद गुमेपछि रास्वपाका मन्त्रीहरु सरकारबाट बाहिरिएका थिए । तर उसले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।

उपचुनाव सकिएलगत्तै सभापति रवि लामिछाने र सांसद डा. स्वर्णिम वाग्लेले संसद प्रवेश गरेपछि रास्वपाले वार कि पारको निर्णय लिन लागेको हो । सभापति लामिछाने र सांसद वाग्लेले यसअघिनै स्थिरताका नाममा अक्षम सरकारलाई बोकिराख्ने छुट नहुने दाबी गरेका थिए ।

वैशाख १० को उपनिर्वाचन जितेर लामिछाने पुनः सांसद बनेपछि रास्वपालाई सरकारमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने निरन्तर कसरत गरिरहेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ६ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा