२ चैत्र २०८१, आइतबार । March 16, 2025

एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ



काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोपमा रायमाझीलाई प्रहरीले आज बिहान भैरहवाबाट पक्राउ गरेको हो । उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । यसअघि बुधबार नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा उनका छोरा सन्दीप रायमाझीलाई प्रहरीले पक्राउ गरेको थियो ।

सोही प्रकरणमा उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे हिजो नै पक्राउ परेका छन् । पाण्डेलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । मंगलबार प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्‍द्रजित राईलाई पक्राउ गरेको थियो ।

यसैगरी, सोही प्रकरणमा बादलका छोरा प्रतीक थापालाई पनि प्रहरीले खोजी गरिरहेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  १२ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति

घट्यो इन्धनको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्राको किनबेच ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी पाँच प्रदेशमा हावाहुरीसहित बर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडियो)

काठमाडौं । पत्रकार टिकाराम खड्काको शब्द र गायक शिव परियारको