११ असार २०८३, बिहिबार । June 25, 2026

एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ


२१ बैशाख २०८०, बिहिबार  

9
Shares

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोपमा रायमाझीलाई प्रहरीले आज बिहान भैरहवाबाट पक्राउ गरेको हो । उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । यसअघि बुधबार नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा उनका छोरा सन्दीप रायमाझीलाई प्रहरीले पक्राउ गरेको थियो ।

सोही प्रकरणमा उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे हिजो नै पक्राउ परेका छन् । पाण्डेलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । मंगलबार प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्‍द्रजित राईलाई पक्राउ गरेको थियो ।

यसैगरी, सोही प्रकरणमा बादलका छोरा प्रतीक थापालाई पनि प्रहरीले खोजी गरिरहेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  १२ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर