२१ मंसिर २०८२, शनिबार । December 6, 2025

नेप्से परिसूचक ९.१८ अंकले घट्यो



काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले गिरावट आएको छ ।

बुधवार नेप्से परिसूचक ९.१८ अंकले घटेर १८५७।२३ बिन्दुमा झरेको हो । पछिल्लो एक साता देखि नेप्से परिसूचक निरन्तर रुपमा घट्दै आएको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १.१९ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.७० अंक र सेन्सेटिभ इण्डेक्स ०.३५ अंकले घटेको छ।

बुधवार कारोबारमा आएका २६५ कम्पनीको २१ लाख ५५ हजर कित्ता शेयर ६२ करोड १ लाख ९४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मंगलवारको तुलनामा बुधवार कारोबार रकम पनि गिरावट आएको छ । अघिल्लो कारोबार दिन करिब ७० करोडको शेयर कारोबार भएको थियो ।

बुधवार नेप्सेका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । जसमा उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको छ । तर यता जलविद्युत, होटल तथा पर्यटन लगायत अन्य उपसमूहको परिसूचक घटेको छन् ।

नेप्से परिसूचक सामान्य गिरावट भए पनि आत्मनिर्भर लघुवित्तको शेयरमूल्य ६.०९ प्रतिशत बढेको छ । त्यस्तै,श्वेत गंगा हाइड्रोपावरको शेयरमूल्य ५.६६ प्रतिशत बढेको छ । तर यता एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ ।

बुधवारको कारोबारमा शिवम सिमेन्ट्स कम्पनीको ३ करोड ५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ४ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको