१ कार्तिक २०८३, आइतबार । October 18, 2026

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट, भारत र पाकिस्तानसँग खेल्न पाउने


१९ बैशाख २०८०, मंगलबार  

15
Shares

काठमाडौं । घरेलु टोली नेपाल पहिलोपटक एसिया कपमा छनोट भएको छ ।

मंगलबार एसिसी प्रिमियर कपको फाइनल खेलमा युएईमाथि ७ विकेटको सानदार जित निकाल्दै नेपाल च्याम्पियन बनेको हो । च्याम्पियनसँगै नेपालले एसिया कपमा स्थान बनाएको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युएईले जितका लागि दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालको जितमा तीव्र गतिका बलर गुल्सान झाले सर्वाधिक अर्धशतकीय इनिङ खेले । ब्याटिङका लागि दोस्रो नंबरमै मैदान उत्रिएका गुल्सानले ८४ बलमा ६७ रन जोडे । साथै भीम सार्कीले ३६ रन जोडे ।

उनीहरु दुवै अविजित रहे ।नेपालको सुरुवात सम्झन लायक भने रहेन । नेपालले २२ रन बनाउँदा ३ विकेट गुमाएको थियो । ओपनर कुशल भुर्तेल पहिलो ओभरको दोस्रो बलमा एक रन बनाउँदै आउट भए ।

त्यस्तै, छैटौं ओभरको पहिलो बलमा कप्तान रोहितकुमार पौडेल पनि एक रन बनाउँदा आउट भए भने आशिफ शेख ८ रनमा पवेलियन फर्किए । त्यसपछि गुल्सान र भीमको जोडी जमेको थियो । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३३.१ ओभरमा ११७ रनमा अल आउट भएको थियो ।

सोमबार वर्षाको कारण २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको अवस्थामा खेल रोकिँदा मंगलबार ११ रन जोड्दै युएई ११७ रनमा समेटिएको हो । नेपालको सानदार बलिङमा युएईका कुनै पनि खेलाडीको ब्याटिङ चल्न सकेन । युएईका लागि अशिफ खानले सर्वाधिक ४६ रन जोडे ।

त्यस्तै, ओपनर आर्यन लाक्राले १३ रन, कप्तान मुहम्मद वासिमले ११ रन र बसिल हमिदले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् । बलिङतर्फ नेपालका स्पिनर ललित राजवंशीले सर्वाधिक ४ विकेट लिए भने करण केसी र सन्दीप लामिछानेले २र२ विकेट तथा सोमपाल कामी र गुल्सान झाले एकएक विकेट लिए । अब च्याम्पियन नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  १२ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि