२८ बैशाख २०८२, आइतबार । May 11, 2025

नयाँ नियम ल्याउँदै नेफ्टा, सिफ्ट प्रणाली कार्यान्वयनको तयारी



काठमाडौं । नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा) प्राविधिकलाई लक्षित गर्दै सिफ्ट प्रणालीको कार्यान्वयनमा जुटेको छ ।

यही वैशाख १ गतेदेखि नयाँ नियम ल्याइए पनि लागू गर्ने विषयमा छलफल भइरहेको नेफ्टाका अध्यक्ष पुस्कर लामाले बताए । नेफ्टाले अन्तर्राष्ट्रिय उद्योगमा कार्यरत श्रमिकको अभ्यासलाई हेरेर नेपालमा नयाँ व्यवस्था लागू गर्न प्रयास गरिरहेको उनले जानकारी दिए ।

सरोकारवाला संस्थाहरू नेपाल चलचित्र निर्माता सङ्घ र नेपाल चलचित्र निर्देशक समाजसँग सहकार्य गरेर यसलाई पूर्ण कार्यान्वयनमा ल्याउने तयारीमा रहेको नेफ्टाले बनाएको सिफ्टअनुसार नेपाली प्राविधिकले बिहान ७ देखि बेलुका ७ बजेसम्म वा बिहान ९ देखि राति ९ बजेसम्मको १२ घण्टे तालिकाअनुसार काम गर्नेछन् ।

अतिरिक्त समय काम गर्नुपरे निर्माताले प्राविधिकलाई थप पारिश्रमिक दिनुपर्नेछ । अध्यक्ष लामाले २०७६ सालदेखि नै यो अभ्यास सुरु गर्ने तयारी भए तापनि कोरोना महामारीले रोकिएको भन्दै अहिलेको अवस्था र व्यवसायलाई हेरेर यो नियम ल्याइएको बताए ।

नेपालमा छायाङ्कन गर्दा नेफ्टासँग अनुमति लिनुपर्नेदेखि सहकार्यका साथै आउने विदेशी चलचित्रमा अनिवार्य ६५ प्रतिशत नेपाली प्राविधिक राख्नुपर्ने नियमसमेत नयाँ प्रावधानमा उल्लेख छ । नेफ्टा अध्यक्ष लामाले सिफ्ट प्रणाली पूर्णरूपमा कार्यान्वयनमा आउन केही समय लाग्ने बताएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ७ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

साता सुरूवातमै दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । साता सुरूवातसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो

टेस्ट क्रिकेटबाट विराटको सन्यास ! बीसीसीआई छलफलमा, गिल नेतृत्वको दौडमा ?

मुम्बई । भारतीय क्रिकेटका स्टार खेलाडी विराट कोहलीले अचानक टेस्ट

श्रीलंकामा भयानक बस दुर्घटना, २१ जनाको मृत्यु

काठमाडौं । श्रीलंकामा आइतबार बिहान एक दर्दनाक बस दुर्घटनामा परी

सस्तियो सुनको मूल्य, चाँदी बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ

ट्रक पल्टिँदा अवरूद्ध नारायणघाट-मुग्लिन सडक खुल्यो

चितवन । नारायणघाट(मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा ट्रक अनियन्त्रित