१४ फाल्गुन २०८२, बिहिबार । February 26, 2026

नयाँ नियम ल्याउँदै नेफ्टा, सिफ्ट प्रणाली कार्यान्वयनको तयारी



काठमाडौं । नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा) प्राविधिकलाई लक्षित गर्दै सिफ्ट प्रणालीको कार्यान्वयनमा जुटेको छ ।

यही वैशाख १ गतेदेखि नयाँ नियम ल्याइए पनि लागू गर्ने विषयमा छलफल भइरहेको नेफ्टाका अध्यक्ष पुस्कर लामाले बताए । नेफ्टाले अन्तर्राष्ट्रिय उद्योगमा कार्यरत श्रमिकको अभ्यासलाई हेरेर नेपालमा नयाँ व्यवस्था लागू गर्न प्रयास गरिरहेको उनले जानकारी दिए ।

सरोकारवाला संस्थाहरू नेपाल चलचित्र निर्माता सङ्घ र नेपाल चलचित्र निर्देशक समाजसँग सहकार्य गरेर यसलाई पूर्ण कार्यान्वयनमा ल्याउने तयारीमा रहेको नेफ्टाले बनाएको सिफ्टअनुसार नेपाली प्राविधिकले बिहान ७ देखि बेलुका ७ बजेसम्म वा बिहान ९ देखि राति ९ बजेसम्मको १२ घण्टे तालिकाअनुसार काम गर्नेछन् ।

अतिरिक्त समय काम गर्नुपरे निर्माताले प्राविधिकलाई थप पारिश्रमिक दिनुपर्नेछ । अध्यक्ष लामाले २०७६ सालदेखि नै यो अभ्यास सुरु गर्ने तयारी भए तापनि कोरोना महामारीले रोकिएको भन्दै अहिलेको अवस्था र व्यवसायलाई हेरेर यो नियम ल्याइएको बताए ।

नेपालमा छायाङ्कन गर्दा नेफ्टासँग अनुमति लिनुपर्नेदेखि सहकार्यका साथै आउने विदेशी चलचित्रमा अनिवार्य ६५ प्रतिशत नेपाली प्राविधिक राख्नुपर्ने नियमसमेत नयाँ प्रावधानमा उल्लेख छ । नेफ्टा अध्यक्ष लामाले सिफ्ट प्रणाली पूर्णरूपमा कार्यान्वयनमा आउन केही समय लाग्ने बताएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ७ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा