३ चैत्र २०८१, सोमबार । March 18, 2025

कोशी प्रदेश

पहिचानवादी र प्रहरीबीच झडप, अवस्था तनावग्रस्त



बिराटनगर । प्रदेशको नाम परिवर्तन गर्न माग राख्दै आन्दोलनमा उत्रिएका पहिचानवादीहरुको समुहले विराटनगरको देवकोटा चोकमा विरोध प्रदर्शनन गरिरहेका छन् ।

प्रदेशको नाम कोशी राखिएको विरोधमा आन्दोलनमा उत्रिएका आन्दोलनकारीहरुले आइतबार बिहानै देखि प्रदेशसभा भवन वरिपरि विरोध गरिरहेका हुन् । यतिबेला विराटनगरको देवकोटा चोक निकै तनावग्रस्ट स्थितिमा पुगेको छ । प्रहरी र प्रदर्शनकारीबीच झडप भएका कारण स्थिति तनावग्रस्त भएको हो ।

प्रदेश सभा छेउको निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले रोक्न खोजेको थियो। त्यसक्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। त्यसपछि प्रहरीले भिड तितरवितर पार्न अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको छ । आइतबारबाट प्रदेशसभा भवन घेर्न भन्दै भेला भएका प्रदर्शनकारीले एकै रंगको पोशाक र हेलमेट प्रयोग गरेका थिए ।

प्रदर्शनको क्रममा प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  २ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल प्रहरीको ३१ औं महानिरीक्षकमा दीपक थापा नियुक्त

काठमाडौं । नेपाल प्रहरीको ३१ औँ महानिरीक्षकमा दीपक थापा नियुक्त

लुम्विनी विशिष्टिकृत सहकारीसँगको साझेदारीमा इन्द्रेणी सहकारीको गुणस्तरीय दुध विक्रि केन्द्रको शुभारम्भ

बुटवल । इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो बहुउद्देश्य कार्यक्रम

एसईईका विद्यार्थी, अभिभावक र विद्यालयका लागि प्रिन्सिपल डीके ढुङ्गानाका सुझाव

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ को माध्यामिक शिक्षा परीक्षा

आज सुनको मूल्य स्थिर, चाँदीको भाउ घट्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ

इन्द्रसरोवरमा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना, ४ जना घाइते

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्छामा भारतीय नम्बर प्लेटको फोर्स