२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

कोशी प्रदेश

पहिचानवादी र प्रहरीबीच झडप, अवस्था तनावग्रस्त


१४ जेष्ठ २०८०, आइतबार  

3
Shares

बिराटनगर । प्रदेशको नाम परिवर्तन गर्न माग राख्दै आन्दोलनमा उत्रिएका पहिचानवादीहरुको समुहले विराटनगरको देवकोटा चोकमा विरोध प्रदर्शनन गरिरहेका छन् ।

प्रदेशको नाम कोशी राखिएको विरोधमा आन्दोलनमा उत्रिएका आन्दोलनकारीहरुले आइतबार बिहानै देखि प्रदेशसभा भवन वरिपरि विरोध गरिरहेका हुन् । यतिबेला विराटनगरको देवकोटा चोक निकै तनावग्रस्ट स्थितिमा पुगेको छ । प्रहरी र प्रदर्शनकारीबीच झडप भएका कारण स्थिति तनावग्रस्त भएको हो ।

प्रदेश सभा छेउको निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले रोक्न खोजेको थियो। त्यसक्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। त्यसपछि प्रहरीले भिड तितरवितर पार्न अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको छ । आइतबारबाट प्रदेशसभा भवन घेर्न भन्दै भेला भएका प्रदर्शनकारीले एकै रंगको पोशाक र हेलमेट प्रयोग गरेका थिए ।

प्रदर्शनको क्रममा प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  २ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ