२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

कोशी प्रदेशको बजेट अधिवेशन आजबाट, पहिचानवादीहरुले आन्दोलन गर्ने



विराटनगर । कोशी प्रदेशको प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन आइतबार (आज) दिउँसोदेखि सुरु हुँदैछ ।

बजेट अधिवेशनको पहिलो बैठक २ बजेका लागि बोलाइएको छ । प्रदेशको बजेट अधिवेशनलाई लक्षित गर्दै पहिचानवादीहरुले भने आज बिहानैदेखि प्रदेश सभा भवन अगाडि प्रदर्शन गर्ने तयारी गरेका छन् । गत फगुन १७ गते प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर असन्तुष्ट छन् ।

प्रदेश १ पुनः नामाङ्कन संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका पहिचानवादीले आज बिहानैदेखि प्रदेश सभा अगाडि प्रदर्शन गर्ने तयारी गरेको हो । प्रदेश सभा अधिवेशनको प्रथम बैठकको कार्यसूची तयार भइसकेको छ । प्रदेश प्रमुखले पठाएको पत्र सुनाएपछि केही प्रदेश ऐन संसोधन विधेयक पेस हुने कोशी प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सरकारले जारी गरेको २ वटा अध्यादेश टेवल गर्ने र दलका तर्फबाट सम्बोधन गर्ने कार्यसूची पनि छ । गत फागुन १७ गते नाम राखेपछि स्थगित भएको प्रदेश सभाको पहिलो अधिवेशन चैत २९ गते अन्त्य भएको थियो । नामाङ्कनपछि पहिलो पटक आज बैठक बस्दैछ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ८ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको