१६ जेष्ठ २०८३, शनिबार । May 30, 2026

कोशी प्रदेशको बजेट अधिवेशन आजबाट, पहिचानवादीहरुले आन्दोलन गर्ने


१४ जेष्ठ २०८०, आइतबार  

6
Shares

विराटनगर । कोशी प्रदेशको प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन आइतबार (आज) दिउँसोदेखि सुरु हुँदैछ ।

बजेट अधिवेशनको पहिलो बैठक २ बजेका लागि बोलाइएको छ । प्रदेशको बजेट अधिवेशनलाई लक्षित गर्दै पहिचानवादीहरुले भने आज बिहानैदेखि प्रदेश सभा भवन अगाडि प्रदर्शन गर्ने तयारी गरेका छन् । गत फगुन १७ गते प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर असन्तुष्ट छन् ।

प्रदेश १ पुनः नामाङ्कन संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका पहिचानवादीले आज बिहानैदेखि प्रदेश सभा अगाडि प्रदर्शन गर्ने तयारी गरेको हो । प्रदेश सभा अधिवेशनको प्रथम बैठकको कार्यसूची तयार भइसकेको छ । प्रदेश प्रमुखले पठाएको पत्र सुनाएपछि केही प्रदेश ऐन संसोधन विधेयक पेस हुने कोशी प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सरकारले जारी गरेको २ वटा अध्यादेश टेवल गर्ने र दलका तर्फबाट सम्बोधन गर्ने कार्यसूची पनि छ । गत फागुन १७ गते नाम राखेपछि स्थगित भएको प्रदेश सभाको पहिलो अधिवेशन चैत २९ गते अन्त्य भएको थियो । नामाङ्कनपछि पहिलो पटक आज बैठक बस्दैछ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ८ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था