८ आश्विन २०८३, बिहिबार । September 24, 2026

निर्माण सम्पन्न भएको पाँच वर्षपछि प्रदर्शन हुँदै ‘नीरफूल’


१३ जेष्ठ २०८०, शनिबार  

6
Shares

काठमाडौं । निर्माण सम्पन्न भएको पाँच वर्षपछि चलचित्र ‘नीरफूल’ प्रदर्शन हुने भएको छ ।

शुक्रबार साँझ आयोजित कार्यक्रममा चलचित्रका निर्देशक फूलमान वलले चलचित्रमार्फत सामाजिक कथा भन्न खोजिएको जानकारी दिए । “चलचित्रमा भूकम्प, त्यसपछि निम्तिने परिस्थिति, नागरिकले भोग्ने सास्तीलगायतका विषय समेटेको छु । यो चलचित्रले त्यो समयलाई पर्दामा जीवित राखेको छ”, निर्देशक वलले भने ।

भूकम्पका कारण विछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको प्रयत्नमा आधारित रहेको चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतको अभिनय गरेका छन् ।

“मलाई सधैँ बाँचिरहने चलचित्रमा अभिनय गर्न मन थियो किनकी ती चलचित्र जहिले देखाउन सकिन्छ । यस्तै चलचित्र बनेको छ”, अभिनेता राईले भने, “यसले हाम्रै समाजको कथालाई हाम्रै सुन्दर दृश्यमार्फत व्यक्त गरेको छ । हामीले नेपालको सुन्दरता देखाउने प्रयास गरेका छौँ ।” भत्किएका मन र सम्बन्धको पुनःनिमाणको कथा समेटिएको चलचित्र विविध कारणले प्रदर्शन हुन समय लागेको निर्देशक वलले जानकारी दिए ।

उनले भने, “हामीले प्रदर्शन तय गरेको समयमा कोरोना भाइरसका कारण सम्भव भएन । त्यसपछि अहिले बल्ल तय भएको छ । प्रदर्शन ढिलो हुँदा निर्माण लागत पनि बढेको छ ।” रुवि भ्याली र काठमाडौँमा छायाङ्कन गरिएको चलचित्र आफूले खोजे झैँ भएको अभिनेता खतिवडाले बताए । “कहिले पैसा र कहिले कथाले म जस्ता कलाकारलाई चलचित्रमा आबद्ध हुन बाध्य बनाउँछ । तर यसमा दुवै पाएँ”, उनले भने ।

आयोजित पत्रकार सम्मेलनमा चलचित्रको गीत तथा ट्रेलर पनि देखाइएको थियो । सचिन घिमिरे एसोसिएट निर्देशक रहेका चलचित्रमा प्रमोद कार्कीले छायाङ्कन, निमेष श्रेष्ठलले सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङले सङ्गीत दिएका छन् । यो चलचित्र जेठ २६ बाट प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  ९ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको