६ चैत्र २०८२, शुक्रबार । March 20, 2026

प्रतिनिधिसभाको अवरोध हटाउन तिन दलका शिर्ष नेताहरु छलफलमा


१३ जेष्ठ २०८०, शनिबार  

6
Shares

काठमाडौं । नेकपा एमालेको अवरोधका कारण अवरुद्द रहेको प्रतिनिधिसभा बैठक सुचारु गर्ने बिषयमा तिन ठुला दलका शिर्ष नेताहरू छलफलमा जुटेका छन् ।

प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा भएको छलफलमा जारि रहेको छ । छलफलमा एमालेको तर्फबाट अध्यक्ष केपी ओली र प्रमुख सचेतक पदम गिरी,त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवासँगै उपसभापति पूर्णबहादुर खड्का र प्रमुख सचेतक रमेश लेखक उपस्थित छन् । माओवादी केन्द्रको तर्फबाट भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे छलफलमा सहभागी भएका छन् ।

सङ्घीय संसद् भवनमा आज दिउँसो ४ बजे बैठक बस्ने कार्यतालिका छ । शुक्रबारको बैठकमा एमालेले अवरोध गरेकोले आज बैठक अगाबै एमालेलाई सहमतिमा ल्याउने प्रयासस्वरुप शीर्ष तहमा छलफल भएको हो ।

शुक्रबार एमालेका सांसदले बैठकको प्रारम्भमै आसनबाट उभिएर पशुपतिनाथ मन्दिरको गर्भगृहमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने सरकारले स्पष्ट जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै बैठक अवरुद्ध गरेका थिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  ९ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो