२ फाल्गुन २०८२, शनिबार । February 14, 2026

प्रतिनिधिसभा बैठक ६ बजेका लागि तय



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कारण स्थगित भएको प्रतिनिधिसभा बैठक साँझ ६ बजेका लागि तय भएको छ ।

मध्यान्ह साढे १२ देखि स्थगित भएको बैठक साँझ ६ बजेका लागि बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ । एमालेले अडान नछाडेपछि २० मिनेटका लागि भनेर स्थगित गरिएको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको थियो । प्रतिपक्षी दल एमाले र सत्तापक्षबीच कुरा नमिल्दा बैठकको समय फेरी परिवर्तन भएको हो ।

संसद सचिवालयले जारी गरेको सूचनामा भनिएको छ, आज मिति २०८० साल जेठ १२ गते शुक्रबार सूचना प्रकाशित गरी दिनको ३ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखज्यूले सभाको बैठक आजै बेलुका ६ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा मा.सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ५ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा

लुम्बिनी वल्ड स्कुलमा नयाँ नेतृत्व चयन, गोपाल टण्डन अध्यक्षमा सर्वसम्मत

बुटवल । रुपन्देहीस्थित लुम्बिनी वल्ड स्कुलको तेस्रो साधारण सभाले गोपाल

इटालीसँग नेपालको अप्रत्याशित हार, सुपर–८ यात्रा संकटमा

काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह ‘सी’ को खेलमा नेपाल

टी-२० विश्वकपः नेपालले इटालीलाई दियो १२४ रनको झिनो लक्ष्य

काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को

टी-२० विश्वकपः इटली विरुद्द पहिलो ब्याटिङ गर्दै नेपाल

काठमाडौं । जारी आइसिसी टि ट्वान्टी विश्वकपमा इटलीसँगको खेलमा नेपालले