८ कार्तिक २०८३, आइतबार । October 25, 2026

एमालेको अडानले संसद बैठक अनिश्चित, संसदलाई बन्धक बनाउन खोजेको अन्यको आरोप


१२ जेष्ठ २०८०, शुक्रबार  

3
Shares

काठमाडौं । शुक्रबार एमालेको अवरोधका कारण २० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक अनिश्चित भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आफ्नो अडान कसेपछि बैठक अनिश्चित बनेको हो । सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्न शुक्रबारका लागि डाकिएको बैठकको सुरुमै एमालेले संसद अवरोध गरेको थियो । जेठ १० गतेको प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी भनि पित्तलको जलहरी लगाएर भ्रष्टाचार भएको भन्दै दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसद अवरुद्ध गरेको थियो ।

सांसद दाहालले तत्कालीन एमाले सरकारको पालामा पशुपतिनाथको मन्दिरमा सुनको भनेर पित्तलको जलहरी राखेर भ्रष्ट्राचार गरेको आरोप लगाएका थिए । सोही विषयलाई लिएर शुक्रवारको बैठकमा एमाले सांसदहरूले दाहालको भनाइप्रति आपत्ति जनाउँदै पशुपतिमा राखिएको जलहरी सुनको हो कि पित्तलको भन्दै सरकारको जवाफ माग गरेका थिए ।

साथै एमाले सांसदहरुले दाहालले भनेको कुरा संसदको रेकर्डबाट हटाई माफि नमाग्दा सम्म आफ्नो पार्टीले संसद चल्न नदिने बताएका थिए । आफ्नो पार्टी अध्यक्षलाई भ्रष्ट्राचारको आरोप लगाएपछि एमाले सांसदहरूले रोष्टम घेरेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि बैठक रोकेका थिए ।

त्यसपछि संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न पार्टीका संसदीय दलका नेताहरूसँग सभामुखले संवाद थाले पनि बैठक सञ्चालनको विषयमा सहमति जुट्न सकेको छैन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ५ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि