७ असार २०८३, आइतबार । June 21, 2026

रुकुम जिप दुर्घटना अपडेट

मृत्यु हुनेको संख्या ५ पुग्यो


११ जेष्ठ २०८०, बिहिबार  

54
Shares

रुकुम । रुकुमपश्चिको बाँफिकोट गाउँपालिकामा भएको जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

बिहिबार बिहान ७ बजे बाँफिकोट गाउँपालिकाको दुलीमा भएको दुर्घटनामा परि सुत्केरी आमा र ५ महिनाको बच्चा सहित ५ जनाको मृत्यु भएको हो । उक्त दुर्घटना बाँफिकोट गाउँपालिका–८ तोरीधारामा भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको हो। मृत्यु हुनेमा सानोभेरीका ७० वर्षीय कर्णबहादुर बाठा मगर, सुत्केरी महिला २२ वर्षीय रेखा खनाल केसी र उनको बच्चा रोशन केसी छन्। यस्तै वर्ष ५० को देउचन खत्री र २३ वर्षीया सितला कुसारीको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते १० जनामध्ये ५ जनालाई थप उपचारका लागि खलंगा अस्पताल पठाइएको र ५ जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज पठाइने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । यतिबेला प्रहरी घटनास्थलमा पुगेर उद्दार कार्य गरिरहेको छ ।

यद्यपी निरन्तर बर्षा भइरहेकाले उद्दारमा समस्या भएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने हालसम्म पनि खुल्न सकेको छैन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  १० : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा