८ चैत्र २०८२, आइतबार । March 23, 2026

बागमति प्रदेश सरकारद्धारा सार्वजनीक सवारीको भाडादर समायोजन


११ जेष्ठ २०८०, बिहिबार  

3
Shares

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभर चल्ने सार्वजनिक सवारी साधानको भाडा घटाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य घटेपछि प्रदेश सरकारले भाडा दर घटाउने निर्णय गरेको हो। प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले करिब पाँच प्रतिशतका दरले प्रदेशभित्र अन्तर स्थानीय तह चल्ने सार्वजनिक सवारी साधनको भाडादर घटाएको छ। बुधबार बसेको भाडा निर्धारण सिफारिस समितिको बैठकले भाडा दर समायोजन गर्ने निर्णय गरेको हो ।

उक्त घटाइएको भाडादर बिहिबार राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछ। काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सिटी बसमा हाल रहेको भाडा दरमा आजबाट लागू हुने गरी ५ं दशमलव ९ प्रतिशत घट्ने छ।

यस्तै बागमती प्रदेशभित्र अन्तर पालिका चल्ने मालवाहक सवारी साधनमा ५ दशमलव ६९ र यात्रुवाहक बसमा ४ दशमलव १८ प्रतिशतले भाडा दर घटाउने निर्णय भएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  १० : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो