६ चैत्र २०८२, शुक्रबार । March 20, 2026

सुदुरपश्चिम प्रदेश सरकार पुनः संकटमा, समर्थन फिर्ता लिने तयारिमा नाउपा


११ जेष्ठ २०८०, बिहिबार  

3
Shares

धनगढी । सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन नागरिक उन्मुक्ति पार्टीले फिर्ता लिने भएको छ ।

मुख्यमन्त्री शाहले आफ्नो पार्टीलाई व्यवास्था गरि सरकार विस्तार गरेको भन्दै नाउपाले समर्थन फिर्ता लिने निर्णय गरेको हो । सरकार गठन भएको लामो समय पछि गत शनिबार मन्त्रीपरिषद् विस्तार गरेका मुख्यमन्त्री शाहले आफुलाई व्यवास्था गरेको आरोप नाउपाको छ ।

मुख्यमन्त्री शाहले आफ्नै दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेपछि नाउपा चिढिएको छ । नाउपाले मन्त्रालय भागबन्डाको क्रममा २ मन्त्रालय मागेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफूहरुबीच प्रदेश सरकारको सामाजिक विकास र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा सहमति भएको नाउपाले भन्दै आएको छ ।

तर यता सो सहमतिलाई लत्त्याउँदै भागबन्डा भएको भन्दै नाउपा सरकारबाट बाहिरिने तयारि गरेको हो । मुख्यमन्त्री शाहले नेकपा माओवादी केन्द्रबाट झपट साउदलाई सामाजिक विकास मन्त्रालय र रमेश धामीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका छन् । माओवादीकै गीतादेवी माललाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारीसहित शपथ ग्रहण गराइएको थियो । साथै नेपाली कांग्रेसबाट बझाङका पृथ्वीबहादुर सिंहलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसअघि २०७९ को माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहले नेपाली कांग्रेसकै प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधार विकास र नेकपा एकीकृत समाजवादीका नरेश कुमार शाहीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  ९ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो