१६ फाल्गुन २०८१, शुक्रबार । February 28, 2025

मुख्यमन्त्री चौधरीले मंगलबार विश्वासको मत लिने



रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मंगलबार विश्वासको मत लिने भएका छन् ।

विश्वासको मत प्रयोजनका लागि सभामुख तुलाराम घर्तीले मंगलबार बिहान ११ बजेका लागि प्रदेशसभा बैठक आहृवान गरेका छन् । लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ अनुसार प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी पत्र दर्ता भएको ४८ घण्टापछि विश्वासको मत लिन सकिने व्यवस्था छ । मुख्यमन्त्री चौधरीले प्रदेशसभा सचिवालयमा आइतबार बिहान १० बजे पत्र दर्ता गराएको र मंगलबारका लागि विश्वासको मत लिने तयारी गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले बताए ।

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले मुख्यमन्त्रीले विश्वासको मत लिने गरी मंगलबार ११ बजे प्रदेशसभाको बैठक बोलाइएको बताएका छन् । दाङको निर्वाचन क्षेत्र–३ ९१० बाट निर्वाचित चौधरी बिहीबार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिएपछि नियुक्त मन्त्रीको जिम्मेवारी र अन्य मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने मुख्यमन्त्री चौधरीको तयारी रहेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ४ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आज ग्याल्पो ल्होसार, देशभर विभिन्न कार्याक्रम गरि मनाईँदै

रासस । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले

कति छ फागुन १६ गते शुक्रबारको विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः सक्रिय बन्दै न्यून चापीय प्रणाली, कहाँ- कहाँ छ बर्षा र हिमपातको सम्भावना ?

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली सक्रिय बन्दै

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प, कहाँ कति भयो क्षति ?

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६ दशमलव १ रेक्टर स्केलको

फागुन १६ गते शुक्रबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल फागुन महिनाको १६ गते