१४ फाल्गुन २०८२, बिहिबार । February 26, 2026

क्यासिनोमा हारेको ऋण तिर्न निराको हत्या



काठमाडौं । प्रहरीले काठमाडौँको कपन सरस्वतिनगरस्थित भाँडा पसल गर्ने निरा पाण्डे आचार्यको हत्यामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको छ ।

प्रहरीले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी हत्या आरोपी विनोद विश्वकर्मालाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार आरोपीले सुनका लागि हत्या गरेको अनुसन्धानबाट खुलेको पनि जनाएको छ । ‘९९ लालको सुनको सिक्री र १२ सय नगद लगेको भेटियो’, सीआइबीका एसएसपी दिनेश आचार्यले भने, ‘घटनापछि अभियुक्त टेम्पो चढेर मनहरा फाँट पुगेको देखिन्छ ।

त्यस्तै भोलि पल्ट सुनको सिक्री धरौटी राखेर ५५ हजार रुपैयाँ लगेको पनि खुलेको छ ।’ विश्वकर्माले तारकेश्वरस्थित पाथीभरा सुनचाँदी पसलमा उक्त सिक्री धरौटीमा राखेको प्रहरीले जनाएको छ । प्रहरीले सुनको सिक्री लुटपाटका लागि निराको हत्या गरेको अहिलेसम्मको अनुसन्धानले खुलेको जनाएको छ ।

कपनस्थित सरस्वतीनगरमा वैशाख ७ गते मध्याह्नको समयमा भाँडा व्यवसायी निरुको चक्कुले शरीरका दर्जनौँ ठाउँमा छियाछिया हुने गरी घोचेर हत्या गरिएको थियो । अपराह्न २ देखि ३ बजेभित्रको समयमा पसलमा बसिरहेका बेला ३५ वर्षीया नीरा पाण्डे आचार्यको गुहार माग्न पनि नपाई हत्या भएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ४ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा