२२ माघ २०८१, मंगलबार । February 4, 2025

सरकारसंगको वार्ता सकारात्मक छ, तर कागजमा कस्तो हुन्छ हेर्नुपर्छः महावीर पुन



काठमाडौं । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीचको वार्ता सकारात्मक भएको छ ।

विगत तीन दिनदेखि आन्दोलनमा रहेका पुन र उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कानून, न्याय तथा संसीय मामिला मन्त्री पूर्णबहादुर खड्का नेतृत्वको सरकारी वार्ता टोलीबीच रक्षा मन्त्रालयमा भएको वार्ता सकारात्मक भएको हो । वार्तापछि आविष्कार केन्द्रका संस्थापक पुनले वार्ता सकारात्मक भएको र चाँडै निष्कर्षमा पुग्ने विश्वास आफुलाई लागेको पनि पुनले बताए । उनले भने ‘वार्ता सकारात्मक छ, वार्ताप्रति सरकार गम्भीर देखियो, प्रधानमन्त्रीको चासो पनि राम्रो पाए, चाँडै वार्ता टुंगिने आशा बढेको छ, भोलि कागजमा कस्तो हुन्छ हेर्नुपर्छ ।’

दुवै पक्षबीच वार्तालाई थप अघि बढाउने सहमति पनि भएको छ । वार्तामा सरकारको तर्फबाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री खड्कासहित मुख्य सचिव शंकरदास वैरागीलगायत सहभागी थिए । पुन तीन दिनदेखि माइतीघरमा आन्दोलनरत छन् ।

संघीय सरकार र प्रदेश सरकारले विकास बजेटको एक प्रतिशत नवप्रवर्तन, अनुसन्धान र आविष्कारका लागि छुट्याउनुपर्ने र उक्त रकम खर्च गर्न छुट्टै खरिद ऐन बनाउनुपर्ने लगायत पुनको माग छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  २ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको प्रमाणपत्र

काठमाडौं । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल

जाजरकोटमा टिपर दुर्घटना,१ को मृत्यु २ घाइते

काठमाडौं । मध्य पहाडी राजमार्ग अन्तर्गत जाजरकोट खण्डमा टिपर दुर्घटना

दोहोरो अंकले घट्यो नेप्से, कति भयो कारोबार ?

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक

त्रिकोणात्मक महिला टी-२० सिरिजः चौथो खेलमा पनि नेपाल पराजित

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत

त्रिकोणात्मक टी २० सिरिजः नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै थाइल्यान्ड

काठमाडौं । जारी जारी त्रिकोणात्मक टी २० सिरिजअन्तर्गत नेपालले आफ्नो