८ चैत्र २०८२, आइतबार । March 22, 2026

संखुवासभामा अरुण नदी थुनियो


१७ बैशाख २०८०, आइतबार  

3
Shares

संखुवासभा । निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनास्थल फ्याक्सिन्दामा सुक्खा पहिरो खसेपछि अरुण नदी थुनिएको छ ।

आइतबार बिहानदेखि सुक्खा पहिरो खसिरहेकाले अहिले डाइभर्सनबाट नदीको पानी बगाउने प्रयास भइरहेको छ । अरुण थुनिएपछि अरुण तेस्रोमा ड्यामसाइडको काम ठप्प भएको छ । निर्माणस्थलमा निर्मित टनेल थुनिएपछि अहिले आयोजना पक्षले ड्यामसाइडबाट नदीको पानी फ्लो गराउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए ।

उनका अनुसार सुक्खा पहिरो खसिरहेकाले नियमित मार्गबाट नदीको बहाव गराउन केही समय लाग्ने देखिएको छ । नदी थुनिएको स्थल खतराबाट बाहिर रहेको प्रहरीले जनाएको छ । नदीको बहाव नियमित मार्गबाट गराउन भने केही समय लाग्ने उनले जनाए ।

प्रहरी घटनास्थलमा पुगिसकेको र स्थानीय बासिन्दा पनि सक्रिय रहेकाले नियमित मार्गबाट नदीलाई बगाउने प्रयास भइरहेको डीएसपी गोदारले बताए ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  १ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो