२२ फाल्गुन २०८१, बिहिबार । March 6, 2025

संखुवासभामा अरुण नदी थुनियो



संखुवासभा । निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनास्थल फ्याक्सिन्दामा सुक्खा पहिरो खसेपछि अरुण नदी थुनिएको छ ।

आइतबार बिहानदेखि सुक्खा पहिरो खसिरहेकाले अहिले डाइभर्सनबाट नदीको पानी बगाउने प्रयास भइरहेको छ । अरुण थुनिएपछि अरुण तेस्रोमा ड्यामसाइडको काम ठप्प भएको छ । निर्माणस्थलमा निर्मित टनेल थुनिएपछि अहिले आयोजना पक्षले ड्यामसाइडबाट नदीको पानी फ्लो गराउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए ।

उनका अनुसार सुक्खा पहिरो खसिरहेकाले नियमित मार्गबाट नदीको बहाव गराउन केही समय लाग्ने देखिएको छ । नदी थुनिएको स्थल खतराबाट बाहिर रहेको प्रहरीले जनाएको छ । नदीको बहाव नियमित मार्गबाट गराउन भने केही समय लाग्ने उनले जनाए ।

प्रहरी घटनास्थलमा पुगिसकेको र स्थानीय बासिन्दा पनि सक्रिय रहेकाले नियमित मार्गबाट नदीलाई बगाउने प्रयास भइरहेको डीएसपी गोदारले बताए ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  १ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लायन्स डिष्ट्रिक्ट ३२५ के को तेस्रो राष्ट्रिय महाधिवेशन शनिवार पोखरामा, भिडिजीमा सुधाको उम्मेदवारी

काठमाडौं । लायन्स अन्तर्रास्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय

लगातार उकालो लाग्दै सुनको भाउ, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय