१२ असार २०८३, शुक्रबार । June 26, 2026

यी हुन् प्रचण्ड सरकारका ३१ काम


१७ बैशाख २०८०, आइतबार  

63
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार सुशासन र समृद्धिको बाटोमा अगाडि बढिरहेको प्रधानमन्त्रीको सचिवालयले दाबी गरेको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले आइतबार बिहान ३१ तथ्यहरु सार्वजनिक गर्दै प्रचण्ड नेतृत्वको सरकार सुशासन र समृद्धिको बाटोमा अघि बढिरहेको दाबी गरेका हुन् । उनले बैंकको ब्याजदरमा सुधार आएको, जिडिपीमा वृद्धि भएको, विदेशमा रहेका १५ लाख नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको, पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निशुल्क उपचारको प्रबन्ध मिलाइएको लगायत प्रचण्ड सरकारले गरेका ३१ कामहरु सार्वजनिक गरेका छन् ।

हेरौं प्रचण्ड नेतृत्वको सरकारले गरेका ३१ कामहरु-


१. वित्तीय तथा मौद्रिक नीति व्यावसायमैत्री बनाई व्यावसायीहरूको हित संरक्षण गरिएको छ ।

२. पर्यटक आगमन बढेको छ, रेमिट्यान्स बढेको छ, व्यापारघाटा कम भएको छ ।

३. विदेशी मुद्राको सञ्चिति उकालो लागेको छ, जिडिपीमा वृद्धि भएको छ।

४. बैंकको ब्याजदरमा सुधार आएको छ । लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको छ ।

५. राजस्व संकलनमा वृद्धि भएको छ। चोरी निकासी नियन्त्रण भएको छ।

६. विदेशमा रहेका १५ लाख नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको छ ।

७. विदेशस्थित नेपाली दुतावासहरूमा श्रमिक हेल्प डेस्क रहने व्यवस्था गरिएको छ।

८. राहदानी नवीकरण विदेशबाटै गर्न सकिने भएको छ। प्रदेशबाटै श्रम स्वीकृति लिन सकिने भएको छ।

९. श्रम स्वीकृति दिन २ वर्षे विद्यमान प्रावधानलाई हटाई कार्यसम्झौताको आधारमा पूरै कार्य अवधिको लागि दिने व्यवस्था गरिएको छ।

१०. यात्री लगायत नेपालमा उत्पादित सवारीसाधनको दर्ता र प्रवर्धनको काम भइसकेको छ।

११. विदाका केही दिनमा समेत कार्यालय सुचारू गर्ने निर्णय लागू भइसकेको छ।

१२. पासपोर्ट र राष्ट्रिय परिचयपत्र लिने ठाउँका लामा–लामा लाइन हटेका छन्, सेवा चुस्त भएको छ।

१३. इतिहासमै पहिलोपटक समयअगाडि नै विद्यालयमा पाठ्यपुस्तक पुगेका छन्।

१४. मिटरब्याजीका समस्या समाधानार्थ उच्चस्तरीय आयोग बनाई काम सुरू गरिएको छ।

१५. सरकारी अस्पतालको सेवा र गुणस्तरमा सुधार ल्याइएको छ।

१६. गेटा कलेजलाई मेडिकल विश्वविद्यालय बनाउने निर्णय भई काम सुरू भएको छ।

१७. भरतपुरको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिई निर्माण कार्य अगाडि बढ्दैछ।

१८. नेपाल सरकारको एकीकृत कार्ययोजना तयार भई कार्यान्वयनमा गएको छ।

१९. चालु खर्च २० प्रतिशत कटौती गरी मितव्ययी सरकारको प्रमाण प्रस्तुत गरिएको छ।

२०. राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न ७७ वटै जिल्लामा ८३० वटा स्टेशन सञ्चालन गरिएको छ।

२१. विभूषणलाई मर्यादित एवं व्यवस्थित बनाउन एक उच्चस्तरीय समिति गठन गरिएको छ।

२२. रोकिएको घरजग्गा कारोबार फुकुवा गरी अर्थतन्त्र चलायमान गराइएको छ।

२३. पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमास्थल उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ।

२४. भरतपुर विमास्थलको स्तरोन्नति गर्ने काम अगाडि बढाइएको छ।

२५. वैदेशिक रोजगारीमा फसेका र अलपत्र परेका सयौँ नेपालीको उद्दार गरिएको छ।

२६. सीमानाकामा खाद्यवस्तुको विषादी परीक्षण गर्ने निर्णय गरी कार्यान्वयनमा ल्याइएको छ।

२७. विभिन्न प्रतियोगितामा विजेता खेलाडीहरूलाई पुरस्कार र प्रोत्साहन गरिएको छ।

२८. विदेशी अनुदान र सहायतामा सुधार आएको छ। प्रतिवद्धताअनुसार लगानी जुट्दैछ।

२९. पेट्रोलियम पदार्थको मूल्य स्थीर राख्न र सम्भव भएसम्म घटाउन पहल गरिएको छ।

३०. किसानको हितलाई केन्द्रमा राखी दूधको मूल्य समायोजन गरिएको छ।

३१. पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निशुल्क उपचारको प्रबन्ध मिलाइएको छ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  १२ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर