७ आश्विन २०८३, बुधबार । September 24, 2026

निरु हत्या प्रकरणः झापाबाट एक बाउन्सर पक्राउ


१७ बैशाख २०८०, आइतबार  

6
Shares

काठमाडौं । काठमाडौंको कपनस्थित सरस्वती नगरमा नीरा पाण्डे(निरु) को हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जना बाउन्सरलाई पक्राउ गरेको छ।

पाण्डेको हत्यामा संलग्न रहेको आशंकामा झपाबाट गएराति विनोद विक नाम गरेका बाउन्सरलाई प्रहरीले पक्राउ गरेको हो।उनलाई आजै काठमाडौं ल्याउने तयारी भइरहेको हत्या अनुसन्धानका लागि गठित छानबिन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरिक्षक एआईजी किरण बज्रचार्यले जानकारी दिए । अभियुक्त विक काठमाडौंमा बाउन्सरको काम गर्थे। नीराको हत्यापछि उनी भागेर झापा पुगेको प्रहरीले जनाएको छ ।

कपनस्थित सरस्वती नगरमा भाँडा पसल सञ्चालन गर्ने निरुको वैशाख ७ गते दिनदाहाडै पसलमै हत्या भएको थियो। उनको शरीरका झन्डै २० ठाउँमा चक्कु रोपिएको थियो। घटनामा संलग्न पहिचान हुन नसक्दा यसबीच प्रहरीले ५/७ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो। अभियुक्तका विषयमा प्रहरीले विस्तृत विवरण खुलाइसकेको छैन।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  १० : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा