२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

निरु हत्या प्रकरणः झापाबाट एक बाउन्सर पक्राउ



काठमाडौं । काठमाडौंको कपनस्थित सरस्वती नगरमा नीरा पाण्डे(निरु) को हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जना बाउन्सरलाई पक्राउ गरेको छ।

पाण्डेको हत्यामा संलग्न रहेको आशंकामा झपाबाट गएराति विनोद विक नाम गरेका बाउन्सरलाई प्रहरीले पक्राउ गरेको हो।उनलाई आजै काठमाडौं ल्याउने तयारी भइरहेको हत्या अनुसन्धानका लागि गठित छानबिन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरिक्षक एआईजी किरण बज्रचार्यले जानकारी दिए । अभियुक्त विक काठमाडौंमा बाउन्सरको काम गर्थे। नीराको हत्यापछि उनी भागेर झापा पुगेको प्रहरीले जनाएको छ ।

कपनस्थित सरस्वती नगरमा भाँडा पसल सञ्चालन गर्ने निरुको वैशाख ७ गते दिनदाहाडै पसलमै हत्या भएको थियो। उनको शरीरका झन्डै २० ठाउँमा चक्कु रोपिएको थियो। घटनामा संलग्न पहिचान हुन नसक्दा यसबीच प्रहरीले ५/७ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो। अभियुक्तका विषयमा प्रहरीले विस्तृत विवरण खुलाइसकेको छैन।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  १० : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको